बाँकेका बाढीपीडितलाई चिसोबाट जोगाउन अस्थायी टहरा निर्माण गरिदै

२६ पुष २०७४, बुधबार १८:५३
 

सदरलाइनडटकम  
२६ पुस, नेपालगन्ज  : चिसोबाट जोगाउनको लागि बाँकेका बाढी पीडितहरुलाई अस्थायी टहरा निर्माण गर्न थालिएको छ । बाँकेमा २०७४ साउनको अन्तिम साता आएको बाढीको कारण १ हजार १ सय २३ घरधुरी पूर्णरुपले क्षति भएर उनीहरु विस्तापित भएका छन् । चिसो बढ्दै गएको कारण बाढीपीडितहरुलाई तत्काल व्यवस्थापन गर्नका लागि अस्थायी टहरा निर्माण कार्य सुरु गरिने भएको हो ।
बाँके राप्ती सोनारी–२ र ३ मा रहेका बाढी पीडितहरुले चिसो शितलहरको बेलामा आफुहरु पालमुनि बस्न नसक्ने अनुरोध गर्दै आएपछि जिल्ला दैवी प्रकोप उद्दार समितिको समन्वयमा विभिन्न गैर सरकारी संस्थाले अस्थायी टहरा निर्माण कार्य सुरु गरेका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले दिएको जानकारी अनुसार पहिलो चरणमा दुईसय ३८ अस्थायी टहरा निर्माण गरिने र जसको ६० प्रतिशत काम सकिएकोे छ ।
ह्याविटेड फर ह्युमयानीटिको आर्थिक सहयोगमा महिला उपकार मञ्च र युनिक नेपालले बाढी पीडितलाई ओत लाग्न बाँस र जस्तापातको छाना भएको अस्थायी टहरा निर्माण थालिएको हो । उनीहरुकै जमिनमा अस्थायी टहरा निर्माण गरी पालमुनिको असुरक्षित बास तत्काल केही समयका लागि अन्त्य गर्ने उद्देश्य रहेको बताइएको छ । राप्ती सोनारी –२ र ७ मा अझै पनि बाढीपीडितहरु पालमुनी आश्रय लिदै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्रप्रसाद पौडेलले पहिलो चरणमा टहरा निर्माण सकिएपछि दुईसय ३८ परिवारलाई टहरामा व्यवस्थापन गरिने जानकारी दिए । उनले बाढी पीडितहरुको चिसोसंग पालमुनी जुधिरहेको अवस्थालाई मध्यनजर गरी तीन हजार जति न्यानो कपडा समेत वितरण गरिएको छ । विभिन्न गैर सरकारी संघसंस्थाको समन्वयमा कम्बल तथा कपडा वितरण गरिएको हो ।
बाँकेमा २०७४ साउनको अन्तिम साता आएको बाढीको कारण १ हजार १ सय २३ घरधुरी पूर्णरुपले क्षति भएको उनीहरु विस्तापित भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यस्तै सरकारले हालै निर्णय गरेको चिसो प्रभावित जिल्लाहरुमा उपलब्ध गराउने राहत जिल्लामा आइपुगेको छैन । ‘सरकारले राहत दिने निर्णय गरे पनि आधिकारिक रुपपमा रकम हामीकहाँ आइपुगेको छैन’ सूचना अधिकारी पौडेलले भने, ‘आयो भने, दैवी प्रकोप उद्दार समितिको बैठक बसेर आवश्यकता अनुसार चिसो प्रभावितहरुलाई कम्बल र दाउरा वितरण गरिनेछ ।’ चिसोबाट नागरिकलाई बचाउन स्थानीय तहले पनि सहुलियतमा दायरा उपलब्ध गराउनुका साथै चोक चोकमा आगो ताप्ने व्यवस्था समेत मिलाएका छन् ।
बाँकेमा २०७४ सालको वाढीमा राप्ती सोनारी गाउपालिकाको वडाहरु २, ३, ४, ५, ६ र ७ डुडुवा गाउपालिकाको १, २ र ३, यसैगरी नरैनापुर गाउपालिकाको ५ र ६ नं. वडा अति नै प्रभावित भएका थिए ।

Next Post

मारवाडी युवा दिवसमा रक्तदान गरिँदै

२६ पुष २०७४, बुधबार १८:५३
सदरलाइनडटकम २८ पुस नेपालगन्ज : मारवाडी युवा दिवसको अवसरमा शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराका साथ शनिबार मारवाडी युवा मञ्च नेपालगन्जले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । मञ्चका अध्यक्ष महेश अग्रवालले बढ्दो चिसो संगै हुने विभिन्न रोगका संक्रमणमा परेका विरामीको उपचारमा […]