पहिरोले घर पुर्दा रोल्पामा तीनजनाको मृत्यु, तीन घाइते

सदरलाइन संवाददाता ९ असार २०७८, बुधबार १२:३३
 

रोल्पा : रोल्पाको रोल्पा नगरपालिका –९ होमामा मंगलवार राती पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको छ। भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीसहितको टोली घटनामा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाका शिक्षकले गाउपालिकामा बुझाए ७ बुँदे ध्यानाकर्षण पत्र

९ असार २०७८, बुधबार १२:३३
डुडुवा (बाँके) : नेपाल शिक्षक महासंघ डुडुवा गाउपालिका स्तरिय कमिटीले गाउपालिकामा विभिन्न ७ बुँदे माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षकहरुको प्रतिनिधिले गाउपालिकाका शिक्षा शाखा अधिकृत संजय कर्णलाई बुझाएका हुन । शिक्षकहरुको साझा संगठनको रुपमा रहेको शिक्षक महासंघको नेतृत्वमा गएको समुहले गाउपालिकाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट […]