सदरलाइनडटकम
२८ पुस नेपालगन्ज : मारवाडी युवा दिवसको अवसरमा शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराका साथ शनिबार मारवाडी युवा मञ्च नेपालगन्जले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
मञ्चका अध्यक्ष महेश अग्रवालले बढ्दो चिसो संगै हुने विभिन्न रोगका संक्रमणमा परेका विरामीको उपचारमा रगतको अभाव खड्किएर कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए ।
रक्तदान गरौं अरु र आफ्नो जिवन बचाऔं भनेर रक्तदान कार्यक्रम गरिएको अग्रवालले बताए । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा शितलनगर मन्दिर परिसरमा विहान ९ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । उनले कार्यक्रममा स्वयंसेवी रक्तदाताहरुलाई रक्तदानका लागि आग्रह गरेका छन् ।
