महिला उद्यमी संघ बाँकेको आयोजनामा महोत्सव हुँदै

७ फाल्गुन २०७४, सोमबार १३:०९
 

सदरलाइनडटकम 
७ फागुन, नेपालगन्ज : महिला उद्यमी संघ बाँकेको आयोजनामा नेपालगन्जमा फागुन १० गतेदेखि होलि महोत्सव तथा व्यापार मेला हुने भएको छ । सो महोत्सव फागुन १४ गतेसम्म चल्नेछ । संघले नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले होली महोत्सव तथा व्यापार मेलाको बारेमा जानकारी गराएको हो । मेला नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कमा सञ्चालन हुने बताइएको छ ।
५ दिनसम्म चल्ने मेलामा ४० वटा स्टलहरु राखिने महिला उद्यमी संघ बाँकेकी अध्यक्ष सुशिला गौतमले जाजनकारी दिइन् । मेलाका स्टलहरुमा महिला उद्यमीहरुले आफै उत्पादन गरेका विभिन्न खानेकुरा परिकारका साथै अन्य साम्रगीहरु राखिने छ ।
होलिका लागि विभिन्न रगंहरु, चाट, पानीपुरी, अचार, आइसक्रिम, कपडा, हस्तकलाका विभिन्न साम्रगीहरु मेलामा राखिने महिला उद्यमी सावित्री बस्नेतले बताइन् । व्यवसायमा संग्लन हुन चाहाने तर अवसरबाट बञ्चित महिलाहरुलाई उचित वातावरण सिर्जना गर्ने, उच्पादित वस्तुहरुलाई बजारिकरण गर्ने आयोजकले लक्ष्य लिएको छ । विगत केही बर्षदेखि महिला उद्यमी संघ बा“केले मेला गर्दै आएको छ ।

Next Post

सुर्जीगाँउमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सर्वसाधारणको घुइँचो

७ फाल्गुन २०७४, सोमबार १३:०९
सदरलाइनडटकम ७ फागुन, नेपालगन्ज : ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका–१९ को सुर्जी गाउमा बृहद स्वास्थ्य शिविरको आयोजना गरिएको छ । व्रिटीस इंग्लिस मिडियम हाइस्कुल परिसरमा आयोपजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सर्वसाधारणको घुइँचो लागेको देख्दा नगर क्षेत्रमै सर्वसाधारणहरु स्वास्थ्य सेवाको पहुँचबाट अझै पनि टाढा रहेको स्पष्ट भएको […]