मातृ मत्यूदर कम गर्न नयाँ रणनीति ‘मोवाईल हेल्प सेवा सञ्चालनमा’

१९ पुष २०७४, बुधबार १८:०१
 

सदरलाइनडटकम  
१९ पुस, नेपालगन्ज : मातृ तथा बाल मृत्यू दर कम गर्न नयाँ रणनीति अपनाइएको छ । नगर क्षेत्रमा नै आमा र बच्चाको ज्यान जोगाउन कठिन भएपछि नेपालगन्जमा मोबाईल हेल्प सञ्चालनमा ल्याइने भएको हो । मेडिक मोवाइलको आर्थिक सहयोगमा नेपालगन्ज उप–महानगरले मोवाईल हेल्प सेवा सञ्चालनमा ल्याउन लागेको हो । सरकारको मातृ तथा बाल स्वाथ्य सुरक्षा सम्वन्धी मोवाइल स्वास्थ्य कार्यक्रम अन्तगर्त सेवा प्रवाह बारे उप–महानगरका जनप्रतिनिधि तथा वडा अध्यक्षहरुलाई अवगत गराइएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले प्रविधिसँगै सेवा प्रवाहबीचको सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे । उप प्रमुख उमा थापा मगरले मोवाईलमार्फत स्वास्थ्य सचेतनासँगै जीवन सुरक्षा गर्ने सम्वेदनशिल जिम्मेवारी भएकाले यसको आवश्यक्ता बढदै जाने दावी गरिन ।
जन स्वास्थ्य कार्यालयका प्रमुख खीमबहादुर खडकाले नगरमा रहेका दुई सय १ महिला स्वास्थ्य स्वयं सेवीकालाई मोवाइल वितरण गरिनुका साथै मोबाईल म्यासेज सेन्टर स्थापना गरेर वितरित मोवाईलमा आवश्यक सन्देश, सेवा सूचना प्रवाह गरिने जानकाररी दिए ।
उनले सेन्टरमा गर्भवती महिलाको सम्पूर्ण रेकर्ड अपडेट गरिने छ । मोवाइल सेवा सञ्चालन बारे ३ दिने तालिम पश्चात स्वास्थ्यकर्मीले अब वडामा स्वास्थ्य स्वयं सेवीकालाई प्रशिक्षित गर्नेछन् । नियमित सुरक्षा सचेतना नअपनाउँदा वर्षेनी गर्भवती महिलाले अकालमा ज्यान गुमाउने गरेकोले त्यस्ता महिलाको ज्यान बचाउन मद्दत पुग्ने विश्वास गरिएको छ । तस्बीर स्रोत : गुगल

Next Post

महिला स्वास्थ्य स्वयमसेवीका द्वारा सुत्केरीलाई फलफूल वितरण

१९ पुष २०७४, बुधबार १८:०१
सदरलाइनडटकम १९ पुस, नेपालगन्ज : १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा भेरी अञ्चल अस्पतालमा रहेका सुत्केरी महिलालाई फलफूल वितरण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेवीकाले अस्पतालको प्रसुती गृहमा रहेका सुत्केरी महिलालाई बुधबार दिउसो फलफूल वितरण गरेका हुन् । १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा […]

सम्बन्धित