लायन्स क्लव डिष्टिक ३२५ बि–२ को छैटौं राष्ट्रिय महाधिवेशन नेपालगन्जमा हुने

१८ माघ २०७४, बिहीबार १७:५४
 

सदरलाइनडटकम, 
१८ माघ, नेपालगन्ज : सामाजिक अग्रणी संस्था लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि–२ को छैटौं राष्ट्रिय महाधिवेशन आगामी चैत्र १७ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । लायन्स क्लव ईन्टरनशनल डिष्टिक ३२५ बि–२ का डिस्टिक गर्भनर मधुसुदन शर्मा रिजालले सो राष्ट्रिय महाधिवेशनमा काठमाण्डौ, बिरगन्ज, हेटौडादेखि पश्चिम नेपालका सबै लायन्स क्लब र लियो क्लबबाट गरी २ हजार पाँचसय बढीको प्रतिनिधित्व हुने जानकारी दिए ।
उनले लायन्स क्लव ईन्टरनशनल डिष्टिक ३२५ बि–२ विश्व मै सबै भन्दा ठूलो क्षेत्रफल ओगटेको बढी क्लव संख्यासगै र बढी लायन्स सदस्य आवद्ध रहेको डिस्टिक भएकोले पनि सो सम्मेलन ऐतिहासिक बनाउने गरी तयारी अगाडि बढाईएको जानकारी दिए ।

महाधिवेशन तयारीका लागि लयान्स क्लव अफ नेपालगन्जका अच्युत प्रसाईको अध्यक्षतामा पाँच सदस्यीय मूल स्टेरीङ्ग कमिटी गठन गरेको जसमा लायन्स क्लव अफ नेपालगन्ज ईनोभेटिभका मुकुट ढकाल कन्भेनर, बाँके एनएलएफ का कृष्णकाजी श्रेष्ठ को कन्भेनर, लयान्स क्लव अफ नेपालगन्जका भिम सुवेदी सदस्य र नेपालगन्ज टाउनका नवराज पराजुली सदस्य सचिव रहेका छन् । साथै स्टेरीङ्ग कमिटीलाई सघाउनको लागि १७ वटा विभिन्न उपसमिति निर्माण गरीएको छ । डिस्टिक गर्भनर रिजालले आफ्नो एक वर्षे डिष्टिक गर्भनरको कार्यकालमा आपतकालिन कोषको लागि एक लायन्स सदस्य प्रतिदिन एक रुपैया संकलन गर्ने योजना कार्यान्वयन गरी सो रकमको अक्षय कोष स्थापना गरेर त्यसै कोषबाट दैविक विपत्तिमा परेको बेला तत्काल राहत वितरण गरिने बताए । यसैगरी १९ हजार बालबालिकाको निशुल्क आँखा परिक्षण गरी उनीहरुलाई चस्मा समेत वितरण गरेका छन् ।
उनले धनगढीको गेटा आँखा अस्पताल, नेपालगन्जको फत्तेवाल आँखा असपतालको स्तरोउन्नतीको लागि लगि र नेपालगन्को भेरी अञ्चल अस्पतालको मुटु रोग विभागको लागि क्याथल्यव तथा अन्य उपकरण सहयोगको लागि लायन्स अन्तराष्ट्रियबाट पहल गरिरहेको जानकारी दिदै भने–‘ गेटा आँखा अस्पतालबाट प्रस्ताव आई सकेको छ । नेपालगन्जको फत्तेवाल अस्पताल र भेरी अञ्चल अस्पतालबाट प्रस्ताब आउने क्रममा छ ।’



सो महाधिवेशनमा लायन्स वर्ष २०१८÷२०१९ को लागि नयाँ डिष्टिक गर्भनर, फस्ट भाईस डिस्टिक गर्भनर र सेकेन्ड डिष्टिक भाईस गर्भनर लागयत डिस्टिक पदाधिकारीको चयन हुने छ । डिस्टिकका पूर्व गर्भनर सेम शाक्यले सो महाधिवेशमा उठेको रकमले नेपालगन्जको कारकाँदोमा रहेको ३ कठ्ठा जमिनमा लायन्स सर्भिसिङ्ग सेन्टर निर्माण गर्ने तयारी रहेका जानकारी दिए ।
स्टेरिङ्ग कमिटीका सदस्य सचिव नवराज पराजुलीले सञ्चालन गरेको कार्यक्रममा लायन्स लिडरहरु डिष्टिक क्याविनेट सेक्रेटरी ज्ञानेन्द्र कुमार श्रेष्ठ, स्ट्याजेटिक एडभाईजर मुकुट ढकाल, सुरेन्द्र श्रेष्ठ, शशी स्वाँर, माधव अर्याल, मिना ढकाल, भिम सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

Next Post

भुकम्प प्रतिरोधी प्रविधीयुक्त घर निर्माणका लागि डकर्मीलाई सात दिने तालिम

१८ माघ २०७४, बिहीबार १७:५४
सदरलाइनडटकम   १८ माघ, नेपालगन्ज : भुकम्प प्रतिरोधी प्रविधीयुक्त घर निर्माण गर्ने उदेश्यका साथ नेपालगन्ज उप–महानगरपालिकाले ७ दिने डकर्मी तालिम सञ्चालन गरेको छ । एनसेटको प्राविधिक तथा साझेदारी विकास परियोजनाको आर्थिक सहयोगमा दक्ष डकर्मी उत्पादनका लागि बुधबारदेखि तालिम शुरु गरिएको हो । भुकम्प प्रतिरोधी प्रविधीयुक्त घर निर्माण गर्ने तरिका सिक्नको लागि […]