सदरलाइनडटकम
१९ पुस, नेपालगन्ज : १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा भेरी अञ्चल अस्पतालमा रहेका सुत्केरी महिलालाई फलफूल वितरण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेवीकाले अस्पतालको प्रसुती गृहमा रहेका सुत्केरी महिलालाई बुधबार दिउसो फलफूल वितरण गरेका हुन् ।
१४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा नेपालगन्ज उप–महानगरको सहयोगमा नेपाल महिला स्वास्थ्य स्वयंसेवीका संघ नेपालगन्जको अगुवाईमा फलपूmल वितरण गरिएको हो ।
सुत्केरीको वेडमै पुगेर अनार, स्याउ, अण्डासहितको पोषण खानेकुरा ५५ सुत्केरीलाई प्रदान गरिएको थियो । संघकी अध्यक्ष मनकुमारी सिलवाल, सचिव राधिका सिंह, महिला स्वास्थ्य स्वयंसेवीका अक्षयकोष संयोजक नारायाणी रुपाखेती, स्वयंसेवीका ज्योती श्रेष्ठ, शान्ति राणा लगायत वरिष्ठ नर्सहरुले फलफूल वितरण गरेका थिए ।
स्वाथ्य चेतनासँगै स्वास्थ्य प्रवद्र्धन गर्ने उद्येश्यसहित फलफूल वितरण कार्यक्रम गरिएको संघकी अध्यक्ष सिलवालले जानकारी दिईन । दिवस मंसीर १९ गते भए पनि प्रतिनीधी तथा प्रदेस सभाको निर्वाचनका कारण कार्यक्रम ढिलाई भएको उनीहरुले जनाएका छन् ।
महिला स्वास्थ्य स्वयंसेवीको निस्वार्थ सेवाः स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नारासहहित यस अघि नै ¥याली, भेला र सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।