बैजनाथमा मानव बेचबिखन नियन्त्रणबारे समिक्षा हुँदै

सदरलाइन संवाददाता २८ श्रावण २०७८, बिहीबार १४:३८
 

नेपालगञ्ज : बैजनाथ गाउँपालिकामा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसंगको बार्षिक समिक्षा र योजना बैठक संचालन गरिएको छ ।

मानव बेचबिखन नियन्त्रण समितिसंगको बार्षिक समिक्षा बैजनाथमा दुई दिन सम्म संचालन गरिने छ’ माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले भने ।

समिक्षा बैठकको सहजीकरण गर्दै प्रशिक्षक कमला पन्तले नेपाल सकारको संरचनाको बलियो बनाउने, नागरिक समाजलाई क्रियाशिल बनाई नेपाल सरकारलाई सहयोग गर्ने, नीजि क्षेत्रलाई मावन बिचविखनको पीडित तथा बेचविखनको जोखिम समुदायलाई आत्मा निर्भर बनाउन सहयोग गर्ने र मेनपावर कम्पनीहरुलाइ नेपाल सरकारको नीतिगत कानूनी व्यवस्था अनुसार बैदेशिक रोजगारी प्रवद्र्धन गर्न लगाउने जस्ता मुख्य उद्देश्यबारे जानकारी गराइन् ।


स्थानीय तहगत रुपमा मावन बेचबिखन नियन्त्रणमामा संचा लन गरिएका पहलहरुका बारे समिक्षा गरिने बताइएको छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका जनप्रतिनिधि कर्मचारी, बाल क्लब, किसोरी क्लब बाल विवाह रोकथाम तथा नियन्त्रण्मा क्रियाशिल संघ, संस्थाका प्रशतिनिधि, पत्रकार, प्रहरी लगाएतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार ९ संक्रमित थपिए, १५ जना डिस्चार्ज

२८ श्रावण २०७८, बिहीबार १४:३८
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ४४ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी प्रयोगशालामा २८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि […]