२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

डा. गोविन्द केसीको रिहाईको माग गर्दै नेपालगन्ज धर्ना (फोटो र भिडियो सहित )



सदरलाइनडटकम 
२५ पुस, नेपालगन्ज : सर्वोच्च अदालतको मानहानी गरेको विषयमा पक्राउ परेका प्रा.डा गोबिन्द केसीलाई निशर्त रिहा गर्न नेपालगन्जमा पर्दशन गरिएको छ । विभिन्न विद्यार्थी संगठन तथा नागरिक समाजको अगुवाईनमा नेपालगन्जमा आईएमवीथ डा.केसी लेखेको प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।
नेपालगन्जको वीपीचोकमा गरिएको प्रदर्शनमा ‘स्वास्थ्यमा राजनीति चाहिदैन, न्यायालयमा राजनीति चाहिदैन, डा.गोविन्द केसीलाई निर्शत रिहा गर, न्यायालयको राजनीति बन्द गर’ जस्ता नारालगाउदै उनीहरु धर्नामा समेत बसेका थिए ।
सो धर्नामा नागरिक अगुवा तथा बरिष्ठ प्लास्टिक सर्जन डा. बिनोद कर्ण, एमाले निकट अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह, सचिव टेकेन्द्र मल्ल, नेवि संघ बाँकेका चक्र रावत, नयाँ शक्ति विद्यार्थी युनियन बाँके संयोजक टंक धमला लगायतका विद्यार्थी नेताहरुको सहभागित रहेको थियो । उनीहरुले केहीबेर नाराबाजी गर्दै धर्नामा बसेका थिए ।

 

 

प्रकाशित मिति : २०७४ पुस २५ गते मंगलबार
ताजा समाचार