क्यासिनोमा जाने भारतीय नागरिकलाई दुःख दिँदै प्रहरी

सदरलाइन संवाददाता २२ माघ २०८०, सोमबार १७:२६
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्ज सहरलाई क्यासिनोको हब बनाउने नगरसभाबाट नीतिगत निर्णय नै गरेको छ । नगरको सो नीतिमा परिवर्तन आएको छैन । सीमाक्षेत्रको सहर भएका कारण क्यासिनोमा आउने विदेशी नागरिकबाट राज्यले आर्थिक लाभ लिन सक्ने र यसबाट रोजगारी लगायत अन्य प्रत्यक्ष र अप्रत्यक्ष फाईदा पुग्ने बिश्वास सहित स्थानीय सरकारले क्यासिनो हब बनाउने नीति लिएको छ । जस अनुसार नेपालगञ्जमा क्यासिनोको संख्या बढ्दै जान थालेको छ ।

तर नेपालका सीमा नाकामा पर्ने जिल्लाहरुमा राज्यलाई लाखौं रुपैयाँ कर तिरेर सञ्चालनमा आइरहेका क्यासिनो (गेमिङ क्लब) प्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको छ । क्यासिनोमा आउने अधिकाँश भारतीयलाई सीमा नाकादेखि क्यासिनो प्रवेश गर्नेबेलासम्म दुःख दिने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता र आक्रोश ब्यक्त गरेका छन् । सुरक्षा निकायले भारतीय नागरिकलाई अनावश्यक दुःख दिने गरेको भन्दै जिल्ला प्रशासनले स्पष्ट निर्देशन दिन नसकेको सरोकारवालाहरुको भनाई छ ।

केही दिनअघि नेपालगञ्जमा भएको एक कार्यक्रममा उपप्रमुख कमरुद्दिन राईले भारतीय तथा अन्य देशका पर्यटकलाई सुरक्षा निकायले गर्ने ब्यवहार परिवर्तन हुन आवश्यक रहेको बताए । उनले भने, सीमा क्षेत्रमा बिभिन्न स्थानमा किन चेकिङ गरेर दुःख दिने भारतीय पर्यटकलाई सम्मान सहित नेपाल आउने बाताबरण बनाउन आवश्यक छ ।


सीमाको नाकादेखि ट्राफिक चोकसम्म आधा दर्जन स्थानमा हुने चेकजाँच र भारतीय नम्बर प्लेटका गाडीमा हुने अनावश्यक चेकजाँचले भारतीय नागरिक नेपाल आउन गाह्रो मान्ने गरेका छन् ।

सीमा नाका भएर सयौं भारतीयहरु क्यासिनोमा आउँदा उनीहरुलाई सौहार्दपूर्ण बाताबरणमा नेपाल भित्रिन दिनुपर्दछ,’ नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाट्टा ) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल भन्छन, ’यति मात्रै हैन क्यासिनोले विदेशी मुद्रा भित्र्याउने र रोजगारी सृजना गरेको हुँदा सयौं नेपालीले रोजगार पाइरहेका छन् । राज्यलाई कर तिरेर खुलेका क्यासिनो चल्ने राम्रो बाताबरण सम्बन्धित निकायले बनाइदिनुपर्छ ।’

नेपालीलाई प्रवेश गर्न नदिएर तोकिएका व्यक्ति (विदेशी नागरिक ) लाई सीमा नाकाबाट बिना सास्ती क्यासिनो आउन दिनपर्छ भन्ने आफ्नो मान्यता रहेको सिग्देल बताउँछन् । क्यासिनोमा आउने भारतीयले ५ सय रुपैयाँको नोट ल्याउँदा बरामद गर्ने प्रक्रिया गलत भएको हुँदा यात डलर ल्याउ भन्नुपर्यो हैन भने नोट ल्याउन दिनुपर्ने उनको भनाई छ । बिना कारण दुःख दिन बन्द गरेर क्यासिनोलाई पर्यटकीय हब बनाउनतर्फ लाग्नुपर्ने उनी भन्छन् । क्यासिनोमा आउनेलाई अपराधी जस्तो गरेको देख्दा अचम्म लागेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जैविक बिबिधता संरक्षणका लागि जीन बैंक

२२ माघ २०८०, सोमबार १७:२६
नेपालञ्ज : गाउँ घरमा पाइने स्थानीय जातहरुको संरक्षण तथा स्थानीय कृषकहरुलाई सहज रुपमा पहुचको लागि सामुदायिक जिन बैंक बाँकेको गाभरभ्यालिमा सञ्चालन गरिएको छ । बाँकेको कोहलपुरबाट करिब सात किलोमीटरको दुरिमा रहेको गाभर भ्यालिमा आन्तरिक पर्यटकहरुको बढि नै चहलपहल भइरहन्छ । भिडभाडबाट टाढा शान्त ठाउँ भएका कारण आन्तरिक तथा बाह्य पर्यटक […]

सम्बन्धित