बाँकेमा कांग्रेस समानुपातिकमा पहिलो, एमाले दोस्रो

२९ मंसिर २०७४, शुक्रबार १८:५१
 

सदरलाइनडटकम 
२९ मंसिर, नेपालगन्ज : बाँकेमा प्रत्यक्ष तर्फ प्रदेश सभामा मात्र एक सिट जितेको कांग्रेसले समानुपातिमा पहिलो दल हँदा दुईहजार मतले पछि पर्दै एमाले दोस्रो दल बनेको छ । समानुपातिकको मतगणना अनुसार कांग्रेसले समानुपातिकमा बाँके जिल्लामा सबैभन्दा धेरै मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
कांग्रेसले समानुपातिक तर्फ बाँकेमा प्रतिनिधिसभा सदस्यमा ५० हजार आठसय ५६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । झण्डै दुई हजार मत कम नेकपा एमालेले ४८ हजार ६ सय ९७ मत प्राप्त गरी जिल्लामा दोस्रो हुन सफल भएको छ । संघीय समाजवादी फोरम नेपालले २६ हजार ६४ मत प्राप्त गरी जिल्लामा तेस्रो स्थान हासिल गरेको छ भने माओवादी केन्द्रले २२ हजार सातसय ३२ मत प्राप्त गरेको छ ।
यस्तै लोकतान्त्रिक गठबन्धनको एउटा घटक राप्रपाले भने आठहजार एकसय चार मत मात्र प्राप्त गरेको छ । काग्रेसले क्षेत्र नं. एकबाट २० हजार नौसय २६, दुईबाट नौहजार ६ सय २२ र क्षेत्र नं. तीनबाट २० हजार तीनसय आठमत प्राप्त गरेको छ ।
त्यही एमालेले क्रमशः १८ हजार पाँचसय ५२, नौहजार आठसय ७७ र २० हजार दुईसय ६८ मतप्राप्त गरेको छ । संघिय समाजवादी फोरमले भने सबैभन्दा बढी क्षेत्र नं. दुईबाट र सबैभन्दा कम क्षेत्र नं. तीनबाट प्राप्त गरेको छ । प्रतिनिधिसभामा समेत सबैभन्दा भारी मतले निर्वाचित भएको फोरमले समानुपातिमा समेत क्षेत्र नम्बर दुईमा धेरै मत पाएको हो । फोरमले १७ हजार तीनसय सात क्षेत्र नं. दुईबाट, क्षेत्र नं. एकबाट चारहजार नौसय ७२ र क्षेत्र नं. तीनबाट तीन हजार सातसय ८५ मत प्राप्त गरेको छ ।
प्रदेश तर्फ क्षेत्र नं. एकको (क) बाट कांग्रेसले सातहजार सातसय ३३, एमाले पाँचहजार आठसय ८५ र माओवादीले पाँचहजार पाँचसय ७२ मत प्राप्त गरेको छ । (ख) मा भने एमालेले निकै फराकिलो मत प्राप्त गरेको छ । एमालेले समानुपातिक तर्फ प्रदेश (ख) मा ११ हजार ६ सय ४९ मत प्राप्त गरेको छ । काग्रेसले ९ हजार चारसय १३ र माओवादी केन्द्रले पाँचहजार ६ सय ५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
क्षेत्र नं. २ (क) र (ख) गरी फोरमले १५ हजार चारसय ८७ मत, एमालेले आठहजार ६ सय ४६, कांग्रेसले आठहजार सातसय १७ र माओवादीले दुईहजार आठसय ६१ मत प्राप्त गरेका छन् । क्षेत्र नं. तीनको (क) मा कांग्रेसले १० हजार आठसय १८, एमाले १० हजार नौसय ९४ र माओवादीले चारहजार चारसय ७४ मत प्राप्त गरेका छन् ।
विभिन्न १६ वटा दलले भाग लिएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ सबैभन्दा कम बहुजन समाज पार्टीले १ मत मात्र प्राप्त गरेको छ । त्यस्तै, ३ को ख मा सबैभन्दा बढी नेकपा एमालेले सातहजार नौसय ८६ मत प्राप्त गरेको छ भने सबैभन्दा कम संघीय लोकतान्त्रिक पार्टी मञ्च थरुहटले एक मत मात्र प्राप्त गरेको छ । नेपाली कांगेसले ६ हजार आठसय ९० र माओवादी केन्द्रले तीनहजार नौसय एक मत प्राप्त गरेको छ ।

Next Post

आज इन्दिरा जोशीले नचाउने, गजुरेलले हसाउने

२९ मंसिर २०७४, शुक्रबार १८:५१
सदरलाइनढटकम २९ मंसिर, नेपालगन्ज : नेपालगन्जमा बिहिवारबाट सुरु भएको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा शुक्रबार मिलन लामा, हेमन्त शर्मा लगायतका गायकहरु ‘स्टेज’ तताएका छन् । बिभिन्न गीतहरु गाएर महोत्सव हेर्न आएका दर्शकहरुलाई उनीहरुले नचाए । उद्घाटन पछिको दोस्रो दिन शुक्रबार गायक हेमन्त शर्मा, मिलन लामा, भुमिका गिरी, दिनेश काफ्लेले दर्शकहरुलाई […]