सदरलाइनडटकम,
रुकुम पूर्व : भीरबाट लडेर रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ डिमुरगैरा निवासी ३६ वर्षीय तिलकबहादुर रोकाको यही गाउँपालिका–१३ को जुम्ल्याह भीरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएका रोकाको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । मंगलवार दिउँसो परेको हिमपातले बाटो अवरुद्ध भएपछि हिउँ हटाउँदै गर्दा उनी भीरबाट चिप्लिएको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।
पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १३ बिर्गुमबाट घोडा लिएर ओख्मा जाने क्रममा उनी भीरबाट खसेका थिए । उनको टाउको र ढाडमा गहिरो चोट लागेको थियो ।
