गुलरिया (बर्दिया) : प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा बदियाको गुलरियामा संचालित सिकाई परियोजना अन्तरगत बर्दियाका २५ विद्यालयका शिक्षकहरुका लागि आधारभुत तह (कक्षा १–३) को एकिकृत पाठ्यक्रम तथा पाठ्यसामाग्री सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ ।
४ बैशाखदेखि ८ गतेसम्म संचालन हुने सो प्रशिक्षणमा बर्दियाका २६ जना शिक्षकहरुको सहभागीता रहेको छ । सस्थाका सहसचिब बिष्णु अधिकारीले उदघाटन सत्रमा सस्थाले बिगत लामो समयदेखि बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहसंगको समन्वयमा बालबालिका, महिला तथा बिपन्न परिवारसंग काम गरि रहेको बताए ।
उनले बर्दियाको ६ वटा स्थानीय तहमा शिक्षाको गुणस्तर बृद्धिका लागि परियोजना मार्फत काम गरिरहेको बताउदै यस तालिमबाट शिक्षकहरुको अवधारणा अनुसार यस पाठ्यक्रममा सिकाइ हासिल हुने र सक्षमता तथा सिकाइ उपलब्धी र ती सक्षमता तथा सिकाइ उपलब्धी प्राप्तिका लागि आवश्यक विषयवस्तुलगायत सिकाइ सहजिकरण प्रव्रिmया र विद्यार्थी मूल्याङ्कनका लागि आवश्यक निर्देशनसहितको सिकाइ योजनाका रूपमा बालबालिकाको सिकाइलाई मार्गदर्शन गर्न सहज हुने बताए ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्दिष्ट गरेका सिद्धान्त तथा आधारलाई टेकी राष्ट्रको शिक्षा नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपले मार्गनिर्देश गरेको शिक्षाको लक्ष्य तथा प्रक्रिया अनुरूप शिक्षा पद्धति सञ्चालनको मूल आधारका रूपमा पाठ्यक्रम रहेको हुन्छ ।
विद्यालय शिक्षाको पाठ्यक्रमले निश्चित कक्षा वा तहको अध्ययन पूरा गरेपछि विद्यार्थीहरूले हासिल गर्ने सक्षमता र ती सक्षमता हासिल गर्नका लागि विषयगत रूपमा प्राप्त गर्नुपर्ने सिकाइ उपलब्धी निर्धारण गर्ने भएकोले पाठ्यव्रmमले अपेक्षित सिकाइ उपलब्धी प्राप्तिका लागि सिकाइ विधि तथा प्रक्रियाको प्रयोग र विद्यार्थीमा अपेक्षित सिकाइ उपलब्धीहरू प्राप्तिको सुनिश्चिततालाई मार्गदर्शन गर्दछ ।
आधारभूत तह (कक्षा १–३) का विषयगत पाठ्यक्रम , एकीकृत पाठ्यव्रmममा समावेश गरिने व्यवहारकुशल सिपहरू र एकीकृत पाठ्यक्रमको समग्र संरचना बारेमा ५ दिनसम्म तालिमको बिषयबस्तु समाबेश गरिएको सहजकर्ता मनोज भण्डारीले जानकारी दिए ।
यस तालिममा परियोजना संचालन भएका बर्दिया जिल्लाका २६ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको र कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।