नरैनापुरमा १२ नयाँ संक्रमित थपिए

५ जेष्ठ २०७७, सोमबार २२:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेको नरैनापुरका थप १२ जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०ः१५ बजे जारी गरेको विज्ञप्ती अनुसार थप १२ जनामा संक्रमणको पुस्टि भएको हो ।

यो संगै एकैदिन नरैनापुरमा ५९ जना संक्रमित पुष्टि भएको हो । संक्रमित सबै नरैनापुर गाउँपालिका ५ का निवासी हुन् । यस्तै दैलेख, धनुषा र खोटाङमा पनि नयाँ संक्रमित फेला परेका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ।

बांकेको नरैनापुरमा एकै दिन ४७ जना संक्रमित पुष्टी भएपछि उनीहरुको उपचार गर्ने आईसोलेसन तयार नभएका कारण अहिलेसम्म क्वारेन्टाईनमै आईसोलेट गरी राखिएको छ ।


प्रदेश सरकारले पुर्व तयारी पर्याप्त गरेको बताएपनि सरकारले तयार गरेको बांकेको खजुरा स्थित अस्पताल रुपन्देहीको कोरोना बिशेष अस्पताल भरिभराउ भई सकेको छ भने दाङ र रुपन्देहीको भिम अस्पतालमा पनि स्थान अभाव हुने अवस्था देखिएको छ ।

नरैनापुरमा पुष्टी भएका संक्रमितहरुलाई नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नै आइसोलेसन अस्पतालमा विकास गरेर उनीहरुको उपचार गरिने भएको छ । सोमबार एकैदिन नरैनापुर क्षेत्रका ४७ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई राख्नका लागि आइसोलेसन बनाउन लागिएको हो ।

Next Post

सिद्धार्थ कोरोना भाईरस कोबिड–१९ वीमा योजना सञ्चालनमा

५ जेष्ठ २०७७, सोमबार २२:४५
सदरलाइनडटकम, नेपालगञ्ज  : घरमै बसौ कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहौ भन्ने मुल नाराका साथ सिद्धार्थ ईन्सुरेन्स लिमिटेडले सिद्धार्थ कोरोना भाईरस कोबिड–१९ वीमा योजना सञ्चालनमा ल्याएको छ । दुई प्याकेजमा ल्याएको वीमा योजनामा १ लाख विमाङ्क रकममा व्यक्तिगत वीमा गर्दा १ हजार र पारिवारिक ६ सय बुझाउनु पर्नेछ । यसैगरी विमाङ्क […]