टुर दि ठाकुरद्वाराको चौथो संस्करण शुरु

सदरलाइन संवाददाता २० फाल्गुन २०७८, शुक्रबार १४:२७
 

नेपालगञ्ज : टुर दि ठाकुरद्वाराको चौथो संस्करण शुक्रवारबाट शुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु भएको यात्रा नेपालगञ्ज बजार परिक्रमा गरि जानकी, खजुरा, बर्दियाको बढैयाताल, बासगढी, कतर्निया, भुरिगाँउ हुँदै ८० किलोमिटरको साइकल यात्रा पुरा गरि ठाकुरद्वारा पुगेको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वारामा २ सय बढी साइक्लिष्टहरुले सहभागिता जनाएको आयोजक क्लब अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।


अध्यक्ष निरौलाले तीन संस्करणबाट प्राप्त सिकाइबाट थप उर्जासहित चौथो संस्करण भव्यरुपमा सम्पन्न गर्न लागेको जानकारी दिए ।

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र साइकल संस्कृतिको बढावामा टेवा पु¥याउने लक्ष्यसहित संस्कृति, प्रकृति, पर्यटन र खेलकुद भन्ने मुल नारासहित टुर दि ठाकुरद्वारा आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एन–प्याब्सनको सातौ राष्ट्रिय महाधिवेशन नेपालगञ्जमा हुँदै

२० फाल्गुन २०७८, शुक्रबार १४:२७
नेपालगञ्ज :  नेशनल प्याप्सन (एनप्याब्सन)को सातौैं राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा हुने भएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपालले आफ्नो सातौैं राष्ट्रिय महाधिवेशन बाँकेमा गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनको मार्फत जानकारी गराएको छ । सातौैं राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी दिनका लागि आयोजित सो पत्रकार सम्मेलनमा बोल्दै एशोसियसनका केन्द्रीय […]