लैङिक हिंसाविरुद्ध डुडुवामा सामुहिक र्याली

१६ मंसिर २०७६, सोमबार १७:४०
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : २८ औ लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत डुडुवा गाउँपालिकामा सोमवार बृहद् सचेतनामुलक कार्यक्रम गरिएको छ । समानताको पुस्ता : बलात्कार विरुद्ध एक्यबद्धता भन्ने मूल नाराका साथ गाउँपालिकामा र्यालीसंगै विशेष कार्यक्रम गरिएको छ । विभिन्न संघसंस्थाहरुको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा ग्रामिण समुदायस्तरमा लैगिङक हिंसा सम्वन्धी घटनाको न्युनीकरण तथा त्यस्ता घटना हुन नदिनका लागि सचेतना अभिबृद्धि गरिएको छ ।
गाउँपालिकाका ६ वटै वडाबाट महिला, बालबालिका, किशोरी, अभिभावक, विद्यार्थी, सामाजसेबी लगायत सहभागि छुट्टाछुट्टै समुहमा निस्किएको र्यालीले विभिन्न गाउँको परिक्रमा गरि गाउँपालिका कार्यालय परिसरमा पुगेर विशेष कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ग्रामीण समुदायका महिलामात्र नभई पुरुष तथा बुढापाकालाई समेत यसबारे सचेतना अभिबृद्धि गराउन आवश्यक रहेकोमा जोड दिँदै गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता गरे ।
गाउँपालिका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्यद्वय लिलावती यादव, रिता परियार, महिला अगुवा हेमा थाप, समाजसेवी खेमबहादुर बुढाथोकी लगायतले बोलेका थिए । त्यस अवसरमा महिला हिंसा विरुद्धको सचेतनामुलक नाटक, गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।


Next Post

घरेलु हिंसाका दिनहुँ बढ्दै, पीडित हुनेमा महिला नै बढी

१६ मंसिर २०७६, सोमबार १७:४०
सदरलाइन / लक्ष्मी तिमलसेना नेपालगञ्ज  : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाई रहँदा पछिल्लो समय बाँकेमा महिला माथि हुने हिंसाका घटनाहरु बढ्दो क्रममा छन् । लैङ्गिक हिसांका घटनाहरु मध्ये धेरैजसो घटनामा पीडित महिला हुने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका सेवा केन्द्र (सेल)का प्रमुख प्रहरी सहायक निरिक्षक […]

ताजा अपडेट