प्रधानमन्त्री ओली सोमवार पोखरा जाँदै

सदरलाइन संवाददाता १७ फाल्गुन २०७७, सोमबार ०९:३१
 

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली सोमवार पोखरा जाँदै छन् । पोखरामा उनले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

यस्तै पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।


यसअघि आइतवार प्रधानमन्त्री ओली ‘नेपाल–चीनमैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला झापा गएका थिए ।

झापाको कमल गाउँपालिकामा भएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका थिए ।

Next Post

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्धको खोप

१७ फाल्गुन २०७७, सोमबार ०९:३१
काठमाण्डौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मोदीले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् । मोदीले ट्वीट गर्दै आफूले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिए । उनले ट्विटरमा लेखे, ‘एम्समा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएँ […]

सम्बन्धित