सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोनाबाट जोगिनका लागि जथाभावी सामुहिकरुपमा होली नखेल्न, रंग नलगाउन र अनावश्यकरुपले सभा, समारोहमा सहभागिता नजनाउन नेकपाले अपील गरेको हो ।
अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले संयुक्तरुपमा पार्टी कार्यकर्ता, शुभेच्छुक एवं आमनागरिकमा यस्तो अपील गरेका हुन् । विश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला संघीय सरकार र प्रदेश सरकारले उच्च सतर्कता अपनाएका छन् ।
जिल्लामा हाम्रो पार्टीका तर्फबाट पनि सतर्कता अपाउन अपील गरिएको छ ।’ नेकपा बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालले भने–‘सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक एवं बाँकेबासी दाजुभाई दिदी बहिनीलाई होेली खेल्दा बिशेष ध्यान दिन र सभा, समारोहमा सहभागि नहुन अनुरोध गरिएको छ ।’
