शहरी स्वास्थ्य सेवा सञ्चालनका लागि भवन शिलन्यास

२५ मंसिर २०७४, सोमबार १८:५२
 

सदरलाइनडटकम  
२५ मंसिर, नेपालगन्ज :  शहरी स्वास्थ्य क्लीनिक सञ्चालनको लागि नेपालगन्ज – २३ स्थित ३ कठ्ठा सरकारी जमीनमा आठ कोठे भवनको सोमबार भवनको शिलान्यास गरिएको छ । स्वास्थ्य मन्त्रालय प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले भवन निर्माण गर्ने भएको हो ।
६५ लाख ४३ हजार लागतमा निर्माण हुने भवनको उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले एक कार्यक्रमकावीच विधिवत शिलान्यास गरे । सो भवनको निर्माणको जिम्मेवारी राधा शर्मा कन्सट्रक्शन नेपालगन्जले लिएको उप–महानगरपालिका प्राविधिक तथा योजना शाखा प्रमुख इन्जिनियर सुरज गुप्ताले जानकारी दिए ।
इन्जिनियर गप्ताका अनुसार ८ महिनाभित्र भवन निर्माण गरिसक्नु पर्नेछ । भवन निर्माणपछि सो क्षेत्रका जनताले सहज र सर्वसुलभ प्राथमिक स्वास्थय सेवा पाउने विश्वास गरिएको छ ।

Next Post

नवनिर्वाचित उम्मेदवारहरु खुशी साँटनमै व्यस्त

२५ मंसिर २०७४, सोमबार १८:५२
सदरलाइनडटकम २५ मंसिर नेपालगन्ज :  हालसालै निर्वाचित भएका प्रदेशसभा तथा प्रतिनिधिसभाका सदस्यहरु बधाई तथा खुशीयाली साँट्न व्यस्त देखिएका छन् । आइतबार मध्यराती बाँकेको सम्पूर्ण प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपछि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिनुका साथै कार्यकर्तामाँझ खुशीयाली साँट्नमा व्यस्त देखिएका हुन् । सबैभन्दा धेरै सिट जितेको वाम गठबन्धनले सोमबार दिनभर […]