सदरलाइनडटकम,
काठमाण्डौ : विद्रोही संगठन इस्लामिक स्टेट (आईएस) मा सामेल हुनका लागि लण्डन छोडेकी शमिमा बेगमको शिशुको ज्यान गएको छ । १९ वर्षीया किशोरी शमिमा बेगमले झण्डै तीन हप्ताअघि तेस्रो सन्तानको रुपमा छोरा जेर्राहलाई जन्म दिएकी थिइन् ।
जेर्राहको निमोनियाका कारण ज्यान गएको सिरियन डेमोक्रेटिक फोर्सका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीसीले जनाएको छ । बेलायती सरकारका प्रवक्ताले शिशुको निधनले दुखित तथा विचलित पारेको बताएका छन् ।
शमिमा बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो । उनी बेलायत फर्कन चाहेपनि बेलायतले उनको नागरिकता रोकेको छ ।
(एजेन्सी)
