आज विश्व बाघ दिवस मनाईंदै

सदरलाइन संवाददाता १४ श्रावण २०७८, बिहीबार १३:०९
 

नेपालगञ्ज : हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व ः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ ।

नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउन लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज वन परिसर बबरमहलमा बाघ संरक्षणसम्बन्धी होर्डिङ बोर्ड राख्ने, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बाघ संवाद कार्यक्रम गर्ने, बाघको बासस्थान र वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सम्बन्धी कार्यक्रम गर्न लागेको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।


यसबाहेक स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रम गरिन लागेको छ । पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको छ । मन्त्रालयले पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ मा गरेको थियो ।

उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुवाको खालबाट वडाध्यक्षसहित १५ जना पक्राउ

१४ श्रावण २०७८, बिहीबार १३:०९
हुम्ला : हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम […]