सदरलाइनडटकम,
कैलाली : करेन्ट लागेर धनगढीमा दुई नाबालिगको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकस्थित पर्शुराम बानियाँको घरमा नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट लागेको करेन्टले बानियाँका ५ वर्षीय छोरा आयुश बानियाँ र डेरामा बस्दै आएका कैलारी गाउँपालिका कोइलही तालका छक्क चौधरीकी ५ वर्षीया छोरी अनामिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको सेती अञ्चल अस्पतालमा र बानियाँको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
