कोरोनाबाट बाँकेमा एकको मृत्यु

सदरलाइन संवाददाता ३ कार्तिक २०७८, बुधबार १५:४९
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–१० बाँकेका ३६ वर्षीय परुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

असोज २४ गते कोभिड संक्रमण पुष्टि भएपछि उनी सोहीदिन थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।


स्वास्थ्यमा सुधार नआउँदा उनको बुधवार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका ३३७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी पहिरोमा परी मृतकको संख्या ५२ पुग्यो, ३० बेपत्ता

३ कार्तिक २०७८, बुधबार १५:४९
नेपालगञ्ज : आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परेर ३० जना हराइरहेका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै डोटीमा १३ जना र इलाममा ११ जना रहेका छन् । यस्तै हुम्ला, धनकुटा […]