एकिकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार कंडेललाई हिन्दू राष्ट्र पक्षधरको भर

१८ मंसिर २०७४, सोमबार १८:३६
 

सदरलाइनडटकम
१८ मंसिर, नेपालगन्ज : बाँके प्रतिनिधि सभा–२ बाट एकिकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय सह–प्रवक्ता तेजनारायण कँडेलले हिन्दू राष्ट्रका पक्षधरले आफुलाई भोट दिने भएकाले जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
उनले यो चुनाव देशलाई हिन्दू राष्ट्रमा फर्काउन चाहने शक्ति र धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने शक्तिबीचको जनमत संग्रह भएको बताउदै चुनावको अन्तिम प्रचार–प्रसारमा रहेका उम्मेदवार कँडेलले आफ्नो जित सुनिश्चित रहेको बताए ।
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका १७ जना उम्मेदवार मध्ये आफुले मात्र हिन्दूराष्ट्रको वकालत गर्दै आएका जिकिर गर्दै ९४ प्रतिशत हिन्दू समुदाय रहेको स्थानमा आफुलाई सबैको मत आउने स्पष्ट पारे ।
आफुले सुरुदेखि नै हिन्दूराष्ट्रको पक्षमा स्थानीयस्तरमा वकालत गर्दै आएको र सांसदमा निर्वाचित भएर गएपछि संसद बैठकमा टेबुल ठोकेर भएपनि हिन्दू राष्ट्रमा फर्काउने उनको उद्घोष छ ।
मौन अवधिको पूर्व सन्ध्यामा एकिकृत राप्रपा राष्ट्रवादीले सोमबार बिहानैदेखि घरदैलो गरेको छ । घरदैलोमा कँडेल सहित प्रदेश सभा–२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा–२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता खटिएका छन् । घरदैलोका क्रममा छुटेका मतदाता समक्ष उनीहरु पुग्ने प्रयास गरिरहेका छन् ।


  

Next Post

लोकतान्त्रिक गठबन्धनको अन्तिम चुनावी सभा सम्पन्न जित्ने आधार पुष्टी भएको ठोकुवा

१८ मंसिर २०७४, सोमबार १८:३६
सदरलाइनडटकम १८ मंसिर, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनले सोमबार बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा चुनावी सभा तथा घरदैलो सम्पन्न गरेको छ । लोकतान्त्रिक गठबन्धनको प्रचार सचिवालयले जनए अनुसार क्षेत्र नम्बर १ को कुसुम र कोहलपुर, क्षेत्र नम्बर २ को नेपालगन्ज र डुडुवा तथा क्षेत्र नम्बर ३ को खजुरा र बैजनाथ गाउँपालिकामा […]