चिसो बढेपछि बेँसीमा याकचौँरी

सदरलाइन संवाददाता ५ माघ २०७९, बिहीबार १२:५७
 

मुगु : उच्च लेकमा रहेका याकचौँरीलाई न्यानोका लागि बेँसीमा झारिएको छ । उच्च लेकमा हिमपातका कारण अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुका याकचौँरीपालक किसानले याकचौँरीलाई बेँसीमा झारेका हुन् ।

माथिल्लो मुगुका झन्डै एक सयभन्दा बढी घरधुरीले तीन सयभन्दा बढी याकचौँरी पालेका छन् । सामग्री ढुवानी गर्न र छुर्पीलगायतका उत्पादन गर्न याकचौँरी पालिँदै आएका छन् ।


मुगमकार्मारोङ गाउँपालिकाको कोइकीखोला, ताङ्गा, हेलजम र रिमार पाटनमा करिब एक सयभन्दा बढी घरधुरीले तीन सय याकचौँरी पालन गर्दै आएको याकचौँरीपालक कृषक छिरिङ लामाले जानकारी दिए । मुगमकार्मारोङ गाउँपालिकाका चौँरीपालक कृषक टासी छोेदेङ लामाका अनुसार लेकको चरन क्षेत्रमा हिउँ हुनुका साथै अत्यधिक चिसोबाट बच्न याकचौँरीलाई हिउँदमा बस्तीछेउको सिरानीचोर र छापाखोला बेँसीमा झार्ने गरिएको छ ।

समुद्री सतहबाट करिब चार हजारदेखि पाँच हजार मिटरसम्मका लेकमा याकचौँरी पालन गरिन्छ । यसरी पाटनमा पालिएका याकचौँरीलाई हिउँदयामसँगै मङ्सिरको तेस्रो सातादेखि न्यानोका लागि बेंँसीको पारिलो स्थानमा स्थानान्तरण गरिने उनको भनाइ छ । लामाले भन्नुभयो, “गर्मीयामको चैतदेखि मङ्सिरको तेस्रो सातासम्म याकचौँरी उच्च लेकको पाटनमा रहने र हिउँदयामको मङ्सिरदेखि चैतको अन्तिमसम्म बस्तीनजिक राखिने गरिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगोमा जलेका राउटे युवा शाहीको मृत्यु

५ माघ २०७९, बिहीबार १२:५७
दैलेख : आगलागीमा परेर घाइते भएका राउटे सदस्य नारायण शाहीको मृत्यु भएको छ । गत पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जंगलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा ४० वर्षीय शाही जलेका थिए । उपचारका लागि काठमाडौं लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गएराति मृत्यु […]