लोकतान्त्रिक गठबन्धनको अन्तिम चुनावी सभा सम्पन्न जित्ने आधार पुष्टी भएको ठोकुवा

१८ मंसिर २०७४, सोमबार १९:०२
 

सदरलाइनडटकम
१८ मंसिर, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनले सोमबार बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा चुनावी सभा तथा घरदैलो सम्पन्न गरेको छ ।
लोकतान्त्रिक गठबन्धनको प्रचार सचिवालयले जनए अनुसार क्षेत्र नम्बर १ को कुसुम र कोहलपुर, क्षेत्र नम्बर २ को नेपालगन्ज र डुडुवा तथा क्षेत्र नम्बर ३ को खजुरा र बैजनाथ गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनले चुनावी सभा तथा घरदैलो गरेको हो । चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र राप्रपाका नेता तथा उम्मेदवारले बाँकेका तीन वटै क्षेत्रमा यसपटक लोकतान्त्रिक शक्तिको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
डुडुवा गाउँपालिकाको बेतहनीमा भएको बृहत चुनावी सभालाई सम्बोधन गर्दैै नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले काँग्रेसकै नेतृत्वमा संविधान बनेको र संविधान कार्यान्वयन तथा लोकतन्त्र संस्थागत गर्न फेरी पनि नेपाली जनताले लोकतन्त्रवादी शक्तिलाई विजयी गराउने विश्वास गरिन् ।
वाम गठबन्धनले देशमा साम्यवादी कम्यूनिष्ट शासन व्यवस्था ल्याउने उद्घोष गरिसकेको बताउँदै कोईरालाले भनिन्, लोकतन्त्र रोज्ने कि साम्यवादी व्यवस्था रोज्ने जनताले यसपटक फैसला गर्नेछन् । यस्तै राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाले बाँकेमा यसपटक लोकतान्त्रिक शक्तिले विजयी प्राप्त गर्ने बताए ।
नेपाली जनतालाई हामीले अब भनिरहनु पर्दैन, उनीहरुले वाम गठबन्धनको भित्री रहस्य बुझिसकेका छन्, त्यसकारण जनताले यसपटक लोकतान्त्रिक शक्तिलाई विजयी गराउनेछन्, राणाले भने । चुनावी सभामा उल्लेख्य रुपमा डुडुवाबासीहरु उपस्थित भएको नेपाली काँग्रेस बाँकेका सदस्य सुदाम्सु कोईरालाले जानकारी दिए ।
कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ क का उम्मेदवार निरञ्जनसिंह सिजापति, नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेशकुमार कनोडिया, पुर्व सांसद कृष्णसिंह परियार, समानुपातिक उम्मेदवार मोहम्मद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, महिला संघका सचिव रत्ना राणा, काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।
यता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, १२ लगायत विभिन्न टोलमा प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमाल सहितको टोलीले घरदैलो गरेको छ । घरदैलोका क्रममा अधिकांस मतदाताले हमाललाई जितको शुभकामना दिएका थिए । उम्मेदवार हमाललाई मतदाताले प्रदेश सभाको सदस्य मात्र नभएर मन्त्री बनेर विकास निर्माणको काम गर्न हौसला दिएको क्षेत्र नम्बर २ का प्रचार–प्रसार समिति संयोजक सुनिलसिंह हमालले बताए ।
उता क्षेत्र नम्बर १ अन्र्तगत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस र राप्रपाका नेता तथा उम्मेदवारले यसपटकको चुनावमा लोकतान्त्रिक गठबन्धनले जित्ने निश्चित भईसकेको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेका थिए । चुनावी सभालाई राप्रपाका केन्द्रिय सदस्य हिम्मत ढकाल, प्रतिनिधि सभाका उम्मेदवार माधवराम खत्री, प्रदेश सभा क का उम्मेदवार सरदचन्द्र बर्मा लगायतले सम्बोधन गरेका थिए ।
सभामा नेपाली काँग्रेसका उपसभापति सुनिलनरसिंह राणा, सचिव तप्त पौडेल लगायत नेताको पनि उपस्थिती रहेको क्षेत्रीय सदस्य यमबहादुर खड्काले जानकारी दिए । क्षेत्र नम्बर १ को कोहलपुरमा पनि सोमबार बिहान प्रतिनिधि सभा उम्मेदवार खत्री र प्रदेश सभा–१ ख का उम्मेदवार गौडेलले घरदैलो गरेका थिए ।
यस्तै क्षेत्र नम्बर ३ को खजुरा र बनकटुवामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्ने बक्ताले यसपटकको चुनावमा लोकतान्त्रिक गठबन्धनले आफ्नो पुरानो ईतिहास फर्काउने बताए ।
नेपाली काँग्रेसप्रति देखिएको जनलहरबाट वाम गठबन्धन अत्तालिएको उनीहरुको भनाई छ । खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाको सम्झना चोकमा भएको छुट्टा–छुट्टै चुनावी सभामा प्रतिनिधि सभा–३ का उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा–३ ख का उम्मेदवार लक्ष्मीनारायण शाह, प्रदेश सभा–३ क का उम्मेदवार चन्तराम थारु लगायतले सम्बोधन गरेका थिए ।


     

Next Post

इच्छा शक्ति भए विकास सम्भव छ : बाँके क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाह

१८ मंसिर २०७४, सोमबार १९:०२
   लक्ष्मीनारायण शाह कुनै नौलो नाम होइन, विद्यार्थी कालदेखि राजनीतीमा सक्रिय शाह अहिले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार हुन । शाहले आफु निर्वाचित भए त्यसबाट पाउने सरकारी तलव भत्ता नलिने घोषणा गरि सकेका छन् । शाहले तलव भत्ता आप्mनो निर्वाचन क्षेत्रको […]