नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ आन्दोलित

सदरलाइन संवाददाता २५ मंसिर २०७९, आईतवार १५:१७
 

नेपालगञ्ज : नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ आन्दोलनमा उत्रिएको छ । औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुले चर्चेको जग्गाको अस्वाभाविक एवम् एकतर्फीरुपमा गरिएको भाडावृद्धिको बिरोधमा संघ आन्दोलनमा उत्रिएको छ ।

संघले अस्वाभाविक एवम् एकतर्फीरुपमा गरिएको भाडावृद्धिको बिरोधमा नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ । संघका अध्यक्ष किरण कुमार कार्कीले एकतर्फीरुपमा गरिएको भाडावृद्धि तत्काल फिर्ता लिन माग गरे ।


भाडावृद्धिको बिषयमा आफुहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनको भनाइ छ ।

२०७५ सालमा वृद्धि भएको भाडादर अनुसार असुलीका लागि २०७९ साउन १ गते लागु हुने गरी अर्को परिपत्र जारी गरिएपछि संघ रुष्ट भएको हो । चार वर्षअघि बढेको भाडा घटाउनु पर्छ भनेर दवाव दिइरहेका बेला त्यही भाडादर कार्यान्वयन गराउन अर्को पत्र थपिएपछि कडाइका साथ प्रतिबाद गर्नु पर्ने अवस्था आएको अध्यक्ष कार्कीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका युवा महिलालाई स्वरोजगार बनाउन सिप विकास तालिम शुरु

२५ मंसिर २०७९, आईतवार १५:१७
नेपालगञ्ज : बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्षका १२० जना युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत छनोटमा परेका १२० जना महिलालाई सिप विकास […]