क्लीन एण्ड ग्रीन अभियानसंगै चुनावी प्रचार र पेशागत धर्म निभाउदै डाक्टर कर्ण

१६ मंसिर २०७४, शनिबार १८:३८
 

सदरलाइनडटकम 
१६ मंसिर, नेपालगन्ज : मतदान गर्ने ५ दिन हुादा पनि बाँके क्षेत्र नम्बर २ ख मा विवेकशिल साझा पार्टीको तर्फबाट उम्मेदवार रहेका डाक्टर विनोद कर्णले पेशा र प्रचारलाई निरन्तरता दिएका छन् ।
शनिबार घरदैलोमा पुगेका उनले नेपालगन्जको निलसागर बृद्धाश्राममा रहेका विरामी जेष्ठ नागरिकहरुलाई निःशुल्क चेकजाँच गरेका छन् । ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’का अभियन्ता समेत रहेका डाक्टर कर्ण सहितको टोलीले आँखाअस्पतालरोड र निलसागर बृद्धाश्रामको सरसफाई गरी वृद्ध वृद्धालाई फलफुल समेत वितरण गरेको छ ।
उम्मेदवार डाक्टर कर्णले नै सुरुवात गरेको प्रत्येक शनिवारे सरफाईन अभियान अन्तर्गत ६७ औं अंकमा विहानको समयमा घरदैलोलाई स्थगित गरी फुलटेक्रामा सरसफाई गरिएको हो । निजी क्षेत्रबाट नेपालगन्जमै पहिलो पटक यति लामो समयसम्म सरसफाईको नेतृत्व गरेका डा. कर्ण पेशाले प्लास्टिक सर्जन हुन ।
उनले सुरुवाता गरेको यो अभियानलाई नेपालगन्जका थुप्रै संस्थाहरुले साथ दिएका छन । शनिबार नै निलसागर बृद्धाश्रमका जेष्ठलाई खानाको व्यवस्था समेत क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जले गरेको संयोजक कर्णले वताए । यसैबीच ईस्लाम धर्मका अन्तिम प्रर्वतक मोहम्मद डे का अवसरमा डाक्टर कर्णले फलफुल वितरण समेत गरेका छन ।


Next Post

खजुराक्षेत्रका मतदाताले बाम गठबन्धनका उम्मेदवारलाई भव्यतापुर्वक स्वागत

१६ मंसिर २०७४, शनिबार १८:३८
सदरलाइनडटकम   १६ मंसिर, नेपालगन्ज : चुनाव प्रचारको केही दिन मात्र बाँकी रहदा बाँके निर्वाचन क्षेत्र नं. ३ मा घरदैलोका क्रममा बाँकेको खजुराक्षेत्रका मतदाताले बाम गठबन्धनका उम्मेदवारलाई भव्यतापुर्वक स्वागत गरेका छन् । बामपन्थीहरुको बाहुल्यता रहेको खजुराका बासिन्दाले यसपटक पनि आफुहरुको समर्थन बाम गठबन्धनलाई हुने बताए । घरदैलोमा प्रतिनिधीसभा ३ का उम्मेदवार […]