खजुराक्षेत्रका मतदाताले बाम गठबन्धनका उम्मेदवारलाई भव्यतापुर्वक स्वागत

१६ मंसिर २०७४, शनिबार १८:५७
 

सदरलाइनडटकम  
१६ मंसिर, नेपालगन्ज : चुनाव प्रचारको केही दिन मात्र बाँकी रहदा बाँके निर्वाचन क्षेत्र नं. ३ मा घरदैलोका क्रममा बाँकेको खजुराक्षेत्रका मतदाताले बाम गठबन्धनका उम्मेदवारलाई भव्यतापुर्वक स्वागत गरेका छन् ।
बामपन्थीहरुको बाहुल्यता रहेको खजुराका बासिन्दाले यसपटक पनि आफुहरुको समर्थन बाम गठबन्धनलाई हुने बताए । घरदैलोमा प्रतिनिधीसभा ३ का उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतम, निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनार, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति, उपाध्यक्ष एकमाया विक, वडा अध्यक्ष कान्तुराम गौतम, तिलकबीर सुनार, अतिउल्ला खाँ सहित ठुलो संख्यामा खजुराबासीहरुको सहभागिता रहेको थियो ।
खजुरा बजारबाट सुरु भएको घरदैलो एक नम्बरसम्म पुगेको नेकपा एमालेका युवा नेता सतिश निरौलाले बताए । घरदैलोका क्रममा मतदाताहरुले हार्दिकतापुर्वक स्वागत गर्दै मत दिने आश्वासन दिए ।
खजुरा एक नम्बरका व्यवसायी निरज भट्टले खजुराबासीको साथ र समर्थन बामपन्थि उम्मेदवारलाई रहेको बताए । सादगी नेताहरुलाई उम्मेदवार बनाएपछि टोलटोलमा बामपन्थि उम्मेदवारहरुको चर्चा हुने गरेको छ ।
नेकपा एमालेका नेता पुर्णबहादुर भण्डारीले खजुराबासीले देखाएको उत्साहपुर्ण उपस्थितीबाट बाम गठबन्धन झनै उत्साही भएको बताए । यसैगरी प्रदेशसभा १ का उम्मेदवार आईपी खरेलले शनिबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । घरदैलोमा उत्साहजनक उपस्थिती र समर्थन पाइएको उनले बताए ।


 

Next Post

आफ्नो निर्वाचन एजेण्डाबारे बताउदै राजपाका केन्द्रीय उपाध्यक्ष विजय गुप्ताले भने जित सुनिश्चित छ(भिडियोसहित)

१६ मंसिर २०७४, शनिबार १८:५७
सदरलाइनडटकम   १६ मंसिर, नेपालगन्ज  : राष्ट्रिय जनता दलका केन्द्रीय उपाध्यक्ष तथा बाँके निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विजय गुप्ताले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले आफुसित समग्र नेपालगन्जको विकासको लागि ठोस योजना भएको र विगतमा पनि नेपालगन्जको विकामा आफुले गरेको योगदानको कदर गर्दै जनताले आफुलाई मत […]