२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

चुनावको मुखमै गुल्मीका प्रभावशाली नेता ज्ञवालीलाई जिताउन राजमोको सर्मथन



सदरलाइनडटकम   
९ मंसिर, गुल्मी  : आगमाी मंसिर २१ गते हुने निर्वाचनमा गुल्मी क्षेत्र न। १ का साझा बामपंथी उम्मेदवार तथा प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई जिताउन चौतर्फि सहयोगी हातहरु अघि बढेका छन् ।
निर्बाचनको तिथि नजिकिदै गर्दा अहिले देश र गुल्मीको आवस्यकता प्रभावशाली नेता ज्ञवाली भएकोले केन्द्रले दिएको निर्देशन अनुसार राष्ट्रिय जनमोर्चा जिल्ला समिति गुल्मीले ज्ञवालीलाई समर्थन गरेको छ ।
जनमोर्चा गुल्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै साझा बाम उम्मेदवार प्रदीप ज्ञवालीलाई जिताउन अपिल गरेको हो । बिज्ञाप्तिमा भनिएको छ ‘ पार्टी केन्द्रको निदेशन अनुसार गुल्मी (१ का बाम उम्मेदवार प्रदीप ज्ञावालीलाई सर्मथन गर्दछौं । साथै देशको बिशेष परिस्थितिलाई मध्यनजर गर्दै पार्टिले अघि सारेको उम्मेदवार छबिलाल सतूरङगीको उम्मीदवारी स्थगन गरिन्छ ।’

जिल्ल्ला पार्टी अध्यक्ष जीबन राना द्वारा जारी बिज्ञाप्तिमा गुल्मी १ का उम्मीदवार प्रदीप ज्ञावालीलाई जिताउन अांम जनसमुदायमा अपील गरिएको हो ।

 

प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार
ताजा समाचार