चुनावको मुखमै गुल्मीका प्रभावशाली नेता ज्ञवालीलाई जिताउन राजमोको सर्मथन

९ मंसिर २०७४, शनिबार २०:०१
 

सदरलाइनडटकम   
९ मंसिर, गुल्मी  : आगमाी मंसिर २१ गते हुने निर्वाचनमा गुल्मी क्षेत्र न। १ का साझा बामपंथी उम्मेदवार तथा प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई जिताउन चौतर्फि सहयोगी हातहरु अघि बढेका छन् ।
निर्बाचनको तिथि नजिकिदै गर्दा अहिले देश र गुल्मीको आवस्यकता प्रभावशाली नेता ज्ञवाली भएकोले केन्द्रले दिएको निर्देशन अनुसार राष्ट्रिय जनमोर्चा जिल्ला समिति गुल्मीले ज्ञवालीलाई समर्थन गरेको छ ।
जनमोर्चा गुल्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै साझा बाम उम्मेदवार प्रदीप ज्ञवालीलाई जिताउन अपिल गरेको हो । बिज्ञाप्तिमा भनिएको छ ‘ पार्टी केन्द्रको निदेशन अनुसार गुल्मी (१ का बाम उम्मेदवार प्रदीप ज्ञावालीलाई सर्मथन गर्दछौं । साथै देशको बिशेष परिस्थितिलाई मध्यनजर गर्दै पार्टिले अघि सारेको उम्मेदवार छबिलाल सतूरङगीको उम्मीदवारी स्थगन गरिन्छ ।’

जिल्ल्ला पार्टी अध्यक्ष जीबन राना द्वारा जारी बिज्ञाप्तिमा गुल्मी १ का उम्मीदवार प्रदीप ज्ञावालीलाई जिताउन अांम जनसमुदायमा अपील गरिएको हो ।


 

Next Post

गुल्मीमा पक्कि पुल हराउँदा उम्मेदवार भण्डारी तनावमा

९ मंसिर २०७४, शनिबार २०:०१
सदरलाइनडटकम   १० मंसिर, गुल्मी : गुल्मी जिल्लाभर निर्माण सम्पन्न भैसकेका र निर्माणाधीन अवस्थामा रहेका पक्कि पुलको संख्या करीव दुई दर्जन भएपनि फेसबुके नेताको पहिचान बनाएका नेपाली कांग्रेस गुल्मी क्षेत्र नं १ का उम्मेद्वार चन्द्र भण्डारीले गुल्मीमा ४२ वटा पुल निर्माण गरेको भ्रामक प्रचार गरेपछी अहिले गुल्मीमा पुलको संख्या खोजी भएको […]

सम्बन्धित