सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर उद्योग बाणिज्य संघले कोहलपुरमा रहेका ६ वटा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार छात्र छात्रालाई छात्रवृत्ति बितरण गरेको छ।
नेपाल रास्ट्रिय मावि खडगवार, ज्ञान्ज्योति मावि चप्परगौडि , नेरा आधारभुत विद्यालय चटार, शिबशक्ति प्रावि प्रेमनगरका १४ जनालार्इ छात्रवृत्ति बितरण गरिएको संघका अध्यक्ष चक्रबहादुर अधिकारिले बताए।
उद्योग बाणिज्य संघले गतवर्ष लगाएको महोत्सवको सामाजिक उत्तरदायित्व अन्तरगत छात्रबृत्ति वितरण गरिएको संघका महासचिव तेजप्रसाद अधिकारिले बताए । मंगलबार एक कार्यक्रमको आयोजना गरी माथि उल्लेख गरिएका सामुदायिक विद्यालयका विद्यार्थीलाई २४ हजार ५ सय रुपैयाँ छात्रबृत्ति बितरण गरिएको संघले जनाएको छ।
यता नेपालगञ्ज उद्योग बाणिज्य संघले कोहलपुर भन्दा अगावै मेलाको आयोजना गरेको भए पनि के कति आम्दानी खर्च भयो सार्वजनिक समेत गर्न सकेको छैन ।
