लायन्सको पदहस्तान्त्रण कार्यक्रम सम्पन्न

सदरलाइन संवाददाता १२ श्रावण २०८१, शनिबार २०:१७
 

नेपालगञ्ज : लायन्स क्लव ईन्टरनेसनल डिष्ट्रिक ३२५एन, एरिया नम्वर ४ अन्तरगतका क्लवहरुको पदहस्तान्त्रण कार्यक्रम सम्पन्नभएको छ । नेपालगंञ्जमा आयोजित कार्यक्रममा ८ वटा क्लवका लायन बर्ष २०२३/२०२४ अध्यक्षद्वारा बर्ष २०२४/२०२५का अध्यक्षलाई संयुक्तरुपमा पद हस्तान्त्रण गरिएको हो ।

कार्यक्रममा एरिया नम्वर ४ अन्तरगतका क्लवहरुका लायन्स क्लव अफ नेपालगंञ्ज सिद्धिविनायकका अध्यक्ष नारायण भण्डारीद्वारा गिता उपाध्यायलाई, लायन्स क्लव अफ नेपालगंञ्जका अध्यक्ष मख्खनबहादुर धामीद्वारा रणबहादुर न्यौपाने, लायन्स क्लव अफ नेपालगंञ्ज इनोभेटिभका अध्यक्ष सुशिलाचन्दद्वारा शंकर खनाल, लायन्स क्लवअफ नेपालगंञ्ज सिनर्जीका पदम श्रेष्ठद्वारा घनश्याम थापालाई, लायन्स क्लवअफ नेपालगंञ्ज एनएलएफका अध्यक्ष पुरुषोत्तम मित्तलद्वारा प्रिन्सु जैनलाई, लायन्स क्लवअफ नेपालगंञ्ज मिडटाउनका अध्यक्ष बाबुराम गौतमद्वारा सागर ज्ञवलीलाई पद हस्तान्त्रण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लव ईन्टरनेसनल डिष्ट्रिक ३२५ एनका गभर्रनर बिनोद कुमार श्रेष्ठले नवनियुक्त अध्यक्ष ,उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई पद तथा गोपनियताको सफत खुवाएका थिए ।

गभर्रनर श्रेष्ठद्वारा नवगठित क्लवहरुलायन्स क्लवअफ नेपालगंञ्ज जीवनका जीवन शर्मा र लायन्स क्लवअफ नेपालगंञ्ज गोल्डका अध्यक्ष सञ्जय सोनीलगाएतका पदाधिकारी तथा सदस्यहरुलाई संसार कै सबैभन्दा ठूलो सामाजिक संस्थामा स्वागत गर्दै लायनबर्ष २०२४/२०२५को आफ्नो एक बर्षको कार्यकाल सामाजिक सेवामा लागी उत्कृष्ठ कार्य गर्दै बधाई तथा सफलकार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।


कार्यक्रमालायन्स क्लव ईन्टरनेसनल डिष्ट्रिक ३२५ बिटुका पूर्व गवर्रनर मधुसुदन शर्मा रिजाल, लायन्स क्लव ईन्टरनेसनल डिष्ट्रिक ३२५ एनका निबर्तमान गभर्रनर मुकुट ढकाल, प्रथम डिष्टिक भाईस गर्भनर ज्ञनेन्द्र कुमार श्रेष्ठ द्वितिय भाईस गर्भनर टिकाराम चपाई, क्याविनेट सेके्रटरी टिकाजंग बि.क., क्याविनेट ट्रेजरर धनेश्वर शर्माद्वारा शुभकामना मन्तव्य राखेका थिए ।

निवर्तमान गभर्रनर स्पाउज मिना ढकाल, पूर्व गभर्रनर स्पाउज शावित्रा शर्मा लगतएत डिष्ट्रिकका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । पहिलो सेसनको कार्यक्रमको अध्यक्षता शुस े गरेकी थिईन भने दोस्रो सेसनको कार्यक्रम सागर ज्ञावलीको अध्यक्षतामा भएको थियो ।

लायन बर्ष २०२३/२०२४का अध्यक्षहरुले बार्षीक गतिविधिहरु प्रस्तुत गरेका थिए भने २०२४/२०२५का अध्यक्षहरुले बार्षिक कार्ययोजना तथा प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल खेलकुद महासंघ बाँकेले पुष्पलाल स्मृतीमा दौड गर्दै 

१२ श्रावण २०८१, शनिबार २०:१७
नेपालगञ्ज : नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ बाँकेले ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा साउन १४ गते खजुराको सिगाउँमा अन्तर मावि महिला तथा पुरुष पान्ध्रसाय मिटर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । बाँके जिल्लाका करिब २५ विद्यालयको सहभागिता रहने यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ३ हजार, द्वितिय […]

सम्बन्धित