गुल्मीमा पक्कि पुल हराउँदा उम्मेदवार भण्डारी तनावमा

१० मंसिर २०७४, आईतवार १७:५५
 

सदरलाइनडटकम  
१० मंसिर, गुल्मी : गुल्मी जिल्लाभर निर्माण सम्पन्न भैसकेका र निर्माणाधीन अवस्थामा रहेका पक्कि पुलको संख्या करीव दुई दर्जन भएपनि फेसबुके नेताको पहिचान बनाएका नेपाली कांग्रेस गुल्मी क्षेत्र नं १ का उम्मेद्वार चन्द्र भण्डारीले गुल्मीमा ४२ वटा पुल निर्माण गरेको भ्रामक प्रचार गरेपछी अहिले गुल्मीमा पुलको संख्या खोजी भएको छ ।
जिल्लाभरी पुलको संख्या कहि कतै उम्मेदवार भण्डारीले भनेको संख्यामा नभेटिएपछि भण्डारीले निर्माण गरेका पक्कि पुल कहाँ हराए भन्दै प्रत्येक चियापसल र वस्तीमा चर्चा हुनेगरेको छ । सडक डिभिजन कार्यालय गुल्मीका डिई सुजन अधिकारीले भने करीव एक दर्जन पक्कि पुल निमार्ण सम्पन्न भैसकेका र १४ वटा पुल निर्माणाधीन अवस्थामा रहेको संचारकर्मीहरुलाई बताइरहँदा उम्मेदवार एवं निवर्तमान सांसद चन्द्र भण्डारीले आफुले ४२ वटा पक्कि पुल बनाएको भन्दै विभिन्न संचार माध्यम र फेसवुक मार्फत दावि गरिरहेका छन् ।
भण्डारीले धेरै वर्ष अघि निर्माण भएको पाल्पा—गुल्मी जोड्ने रिडीपुल, तत्कालीन सांसद रामनाथ ढकालको पहलमा निमार्ण भएको रुद्रवेणीको पक्कि पुल, तत्कालिन मुख्यसचिव लीलामणी पौडेलको पहलमा निर्माण भएको उल्लीखोला पुल, प्रदीप ज्ञवालीको पहलमा निर्माण भएको मजुवाको पुल, गोकर्ण विष्टको पहलमा निर्माण भएको इन्द्रेगौँडाको पक्कि पुल लगाएत का सबै पुलहरु आफ्नो पहलमा निर्माण भएको भ्रम फैलाईरहेका छन् ।
अहिले सम्पन्न भएका र निर्माणाधीन गरी करीव २६ पुल भएपनि ४२ पुल वनाएको प्रचार गरेपछि गुल्मीका प्राविधिकहरु बीच उम्मेदवार भण्डारी हाँसोका पात्र बनेका छन् । कहीँकतै नामोनिशाना समेत नभएका पक्कि पुलहरु बनाएको भन्दै हिँडेपछि भण्डारीको कसली रुप जनताबीच नागिंएको छ ।
केही समय अघि आफु बेलायती प्रधानमन्त्री हुनुपर्ने खालको मान्छे भएको सार्वजनिक अभिव्यक्ति दिएर बेलायती प्रधानमन्त्रीका रुपमा हाँसोका पात्र बनेका पूर्व सांसद भण्डारी ४२ वटा पक्कि पुल कहाँ बने भन्ने खोजी हुन थालेपछि तनावमा परेका छन् ।
भण्डारीले पक्कि पुल मात्र होइन रातो किताबमा परेका गुल्मीका सवै योजना आफुले ल्याएको भन्दै फोटोकपी गरी वाड्दै फेसवुकमा भ्रामक प्रचार गर्दै आएका छन् ।
२०७० सालको चुनावमा एक पटकलाई मात्र मलाई मत दिनोस् म मन्त्री हुन्छु भन्दै मत मागेका भण्डारी देउवा नेतृत्व सरकारको ६४ सदस्यिय जम्बो मन्त्रीमण्डलमा पनि मन्त्री वन्न नसकेको चर्चा पनि गुल्मीमा व्याप्त छ ।
त्यसो त मैले यति धेरै विकास गरँेकी वेलायतमा भए प्रधानमन्त्री हुन्थे भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिदै हिड्ने पूर्व सांसद भण्डारीले आफ्नो चारवर्षे कार्यकालमा जनताले अनुभुत हुनेगरी र देखिने गरी कुनै योजना नल्याएको स्थानीयको गुनासो छ ।
सांसद विकास कार्यक्रमको वार्षिक साढे तीन करोड रुपैयाँ कहाँँ कुन योजनामा खर्च भएको छ त्यो पनि स्थानीय जनतालाई थाहा पत्तो छैन ।
अहिले त्यो रकम कहाँ खर्च भयो भनेर सोधखोज गर्दा आफ्ना आसेपासेलाई योजना पारेको देखाई निर्वाचन खर्च असुल्ने काममा प्रयोग गरेको चर्चा छ ।
०७० सालमा सांसद निर्वाचित हुँदा सांसद सुविधा जनताको हितका लागी खर्च गर्ने, विपन्न विद्यार्थीलाई छात्रवृति दिने लगाएतका घोषणा गरेका भण्डारीले कहाँ कसलाई छात्रवृति दिए कुनै पत्तो छैन भने अर्कोतिर राज्यको सुविधा नलिने बताएका उम्मेदवार भण्डारीको राजसी जिवनशैलीको श्रोत के हो ? त्यो श्रोत बैध हो की अबैध ? जनस्तरबाट भण्डारी विरुद्ध प्रश्न उठ्न थालेको छ ।

Next Post

विकासका लागि वामगठबन्धनका उम्मेद्वार जिताउन स्थानीयको आग्रह

१० मंसिर २०७४, आईतवार १७:५५
सदरलाइनडटकम १० मंसिर, नेपालगन्ज : वाम गठबन्धनका उम्मेद्वारसहितको प्रचार टोलीले आईतबार नेपालगन्ज–१५, पिप्रहवा र जमुनाहा गाउँमा घरदैलो अभियान सम्पन्न गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ ख का उम्मेदवार सहितको टोली सो ठाँउमा पुग्दा स्थानीय बासिन्दाहरुले नै आफुहरु बाम […]
error: Content is protected !!