घरदैलोको नाउमा पैसा बाँड्दै भोट माग्दै काँग्रेसी जनप्रतिनिधि

६ मंसिर २०७४, बुधबार १५:३६
 

सदरलाइन / डिपी दर्माली 
६ मंसिर, बर्दिया  : बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ की वडा  अध्यक्ष  सावित्रा गौतम भोटका लागि पैसा बाडँदै हिडेको रहस्य खुलेको छ । गत साउन अन्तिम साता आएको बाढीबाट पीडित भएकाहरु राहतबाट छुटेका कारण रुष्ट भएको भन्दै रातीराती सो छुट भएका बाढी पीडितलाई नगदै रकम बाँड्दै हिडेपछि उक्त रहस्य खुलेको हो ।
गत सोमबार ४ गते राती करिव ९ बजेतिर नेपाली काँग्रेसको घरदैलोको नाउमा वडा सदस्य सरिता परियार, नेपाली काँग्रेसका कार्यकर्ता कृष्ण मोहन थारु र अन्य काँग्रेसका महिला कार्यकर्ताहरु घरघरमा पुगी रकम बाँडेका हुन् ।
राती कार्यकर्ता सहित गुलरिया ५ सोहेलवामा सुब्बा थारु र छोरा दिपु चौधरीको घरमा पुगेको वडा अध्यक्ष सावित्रा गौतम सहितको टोलीले बाढी पीडितको रकम हो, कसैलाई नभन्नु भन्दै नेपाली काँग्रेसलाई भोट हाल्ने सर्तमा १० हजार ५ सय रुपैया हातमा थमाएकी थिईन । चुनावमा काँग्रेसलाई सहयोग गर्ने सर्तमा आफुले रकम पाएको दिपु चौधरीले स्विकार समेत गरि सकेका छन् ।
सोहेलवा गाउँमा बाढीबाट पीडित राहतमा छुट भएकाहरुको घर परिवार संख्या २१ रहेको छ । छुट भएकाहरुलाई राहतको नाउँमा भोट माग्दै पैसा बाँड्ने नेपाली काँग्रेसको योजना रहेको समेत खुल्न आएको छ । बाढी पीडितबाट छुट भएका २१ मध्ये सुब्बा थारु पनि एक हुन । उक्त विषयमा वडा अध्यक्ष सावित्रा गौतमसंग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

Next Post

राप्रपाका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि सहितका दर्जनौ कार्यकर्ता एकाविहानै एमालेमा

६ मंसिर २०७४, बुधबार १५:३६
सदरलाइनडटकम   ६ मंसिर, बर्दिया : निर्वाचनको तिथि नजिकिदै गर्दा बर्दियामा चुनावी माहौल तीब्र गति लिदै गर्दा राप्रपाका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा समाजसेवी केशव पाण्डे सहितको दर्जनौं कार्यकर्ताको टोली एमालेमा प्रवेश गरेको छ । समुन्नत र समृद्ध मुलुक बनाउन लागि परेको बाम गठबन्धनको पक्षमा देशैभरी जनलहर बढ्दै गएको अवस्थामा बर्दिया […]