राप्रपाका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि सहितका दर्जनौ कार्यकर्ता एकाविहानै एमालेमा

६ मंसिर २०७४, बुधबार १५:५२
 

सदरलाइनडटकम  
६ मंसिर, बर्दिया : निर्वाचनको तिथि नजिकिदै गर्दा बर्दियामा चुनावी माहौल तीब्र गति लिदै गर्दा राप्रपाका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा समाजसेवी केशव पाण्डे सहितको दर्जनौं कार्यकर्ताको टोली एमालेमा प्रवेश गरेको छ ।
समुन्नत र समृद्ध मुलुक बनाउन लागि परेको बाम गठबन्धनको पक्षमा देशैभरी जनलहर बढ्दै गएको अवस्थामा बर्दिया सदरमुकाम गुलरियाका पाण्डे सहितको टोली एमाले प्रवेश गरेको हो ।
पार्टी प्रवेश गरेका सबैलाई एमाले बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र नं. १ का उमेद्वार वामदेव गौतमले अविर लगाई प्रवेश गराएका छन् ।
पार्टी प्रवेशको कार्यक्रम पाण्डेको निवासमा नै आयोजना गरिएको थियो । पार्टी प्रवेश गर्दै पाण्डेले भने, ‘पञ्चायतकालदेखि नै राप्रपा भए पनि हाल उसको गतिविधि मुलुक र जनताको हित भन्दा अस्थिर राजनीति र व्यक्ति विशेषमा केन्द्रीत भएको हुँदा एमाले प्रवेश गरेको हुँ ।’
लामो समयदेखि राजनीतिमा क्रियाशिल पाण्डेले वाम गठबन्धनले मात्रै स्थानीय तहमा देखिएका समस्याहरुको समाधान गर्न सक्ने र त्यसप्रति आफूलाई पूर्ण विश्वस्त रहेको बताए ।
जिल्लामा समाजसेवीको रुपमा ख्याती कमाएका पाण्डे एमाले प्रवेश गरेपछि राप्रपाका अन्य दर्जनौं नेता तथा कार्यकर्ता पनि केही दिनमै एमाले प्रवेश गर्ने तयारी गरि रहेका छन् भने पाण्डेका शुभ चिन्तक रहेका अन्य दलका कार्यकताहरु पनि एमाले प्रवेश गर्ने मनस्थितिमा पुगेको पाण्डे निकट पितराम चौधरीले बताए ।


Next Post

‘ठूलादलका उम्मेदवारसंग कार्यान्वय नहुने एजेण्डाको थुप्रो मात्र छन्’

६ मंसिर २०७४, बुधबार १५:५२
सदरलाइनडटकम  ६ मंसिर, नेपालगन्ज : निर्वाचनको तिथि नजिकिदै छ । नेपालगन्जको चिया चोकहरुमा तीन ठूला पार्टीका उम्मेदवार मध्ये यसले जित्छ त्यसले जित्छ भन्दै लख काटेर बसेको पाईन्छ । लोकतन्त्रमा जनता जर्नादन हुन भन्ने कुरालाई हेक्का नराख्दै त्यो समूहको नजरमा साना पार्टीको रुपमा रहेका एकीकृत राप्रापा राष्ट्रबादीका उम्मेदवार भने आफ्नै गतिमा […]