सदरलाइनडटकम
३० कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने आम निर्बाचनको मिति नजिकिदै गर्दा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु आफ्नो पक्षमा नतिजा पार्न जोडतोडका साथ लागेका छन् ।
यसैक्रममा लोकतान्त्रिक गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नं. ३ ख का प्रत्यक्ष उम्मेदवार लक्ष्मी नारायण शाहले आफ्नो प्रचार अभियानलाई तीब्र पारेको जनाएका छन् । उनले लोकतन्त्र रक्षाको लागि आफुलाई मतदान गर्नु पर्ने एजेन्डा बोकेर जनताको घरदैलोमा पुगेको बताएका छन् ।
बिहीबारको उनको घरदैलो सहितको प्रचार कार्यक्रम खजुरा क्षेत्रमा हुने उनको प्रचार सचिवालयले जनाएको छ । यसै गरी बाँकेमा बाम गठबन्धन, संघीय समाजबादी फोरम नेपाल, राजपा, विवेकशील साझा पार्टी, राजमो लगायतका पार्टीहरु तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो पक्षमा मतदातालाई मत दिनको लागि विभिन्न अभियान जारी राखेका छन् । (फोटो स्रोत ः उम्मेदवार शाहको फेशबुक वालबाट )
