‘भानुचोक’मा भानुभक्तको सम्झना

सदरलाइन संवाददाता २९ असार २०८०, शुक्रबार १६:३७
 

दाङ : दाङको घोराहीस्थित भानुचोकमा जम्मा भएर आदिकवि भानुभक्त आचार्यको सम्झना गरिएको छ । २१० औं भानु जयन्तीका अवसरमा शुक्रबार घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा आदिकवि आचार्यको सम्झना गर्दै साहित्यकार, शिक्षकलगायतका स्थानीयले स्थानीय सरकारसँग भानुभक्त आचार्यको नाममा चोकलाई नामकरणसँगै सालिक राख्न माग गरेका हुन् ।

चोकमा जम्मा भएका साहित्यकारले भानुभक्तको सम्झनामा विभिन्न रचना वाचन गरेका थिए । रचना वाचन गर्दै साहित्यकार तथा प्राध्यापक किशोरचन्द्र गौतमले नेपाली भाषा तथा साहित्यको विकासमा भानुभक्त आचार्यको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने,‘‘भाषाका माध्यमबाट नेपाली समुदायलाई एकताबद्ध गर्न भूमिका खेल्ने राष्ट्रिय विभूतिको सम्मान गर्न आवश्यक छ ।’’


कार्यक्रममा साहित्यकार, शिक्षक, बुद्धिजीवीलगायतले नेपाली भाषामा रामायण पढ्ने अवसर दिने, नेपाली समाजलाई भाषिक स्वाभिमान दिने, भाषिक एकताको बलियो राष्ट्रिय डोरी उपलब्ध गराउने आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार ‘नेपालगञ्ज कोरा’ च्यालेन्ज आयोजना गरिँदै

२९ असार २०८०, शुक्रबार १६:३७
नेपालगञ्ज : साइक्लिष्टहरुको महाउत्सवका रूपमा आयोजना गरिँदै आएको कोरा देशभरका प्रमुख शहरहरुमा शनिवार आयोजना गरिँदैछ । त्यसक्रममा नेपालगञ्ज कोरा–२०२३ आयोजना गरिन लागेको नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ । नेपालगञ्जमा सन् २०१९ बाट नियमित आयोजना गरिंदै आएको कोराको यो पाँचौं संस्करण हो । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले तयसका लागि […]

सम्बन्धित