नेकपा एमालेबाट दैलेखको नौमुलेमा विश्वकर्माको उम्मेदवारी

सदरलाइन संवाददाता १३ बैशाख २०७९, मंगलवार १०:१०
 

दैलेख  : आगामी वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा दैलेखको नौमुले गाउंपालिकामा ससिराम विश्वकर्माले नेकपा एमालेको तर्फबाट अध्यक्ष र गीता चन्दले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन ।

दैलेखको नौमुले आफैमा दुर्गम पालिका हो भने त्यसमा पनि अझ दुर्गम ३ नं वडा साबिकको द्वारी गाविसमा बिसं २०४१ सालमा बुबा वलबहादुर र आमा मनादेवीको माहिलो सन्तानको रुपमा जन्मेका बिश्वकर्माले राजनीतिक शास्त्र र कानुनमा स्नातक गरेका छन ।

बाल्यकालदेखि नै राजनीतिमा लागेका बिश्वकर्मा २०५४ सालमा भैरब माबि नौमुलेको अध्यक्ष भएका थिए । अनेरास्ववियूको जिल्ला अध्यक्ष, अनेरास्ववियू उत्पिडित विद्यार्थी केन्द्रीय महासचिव हुदै एमाले खेलकुद महासंघको केन्द्रीय सदस्य, एमाले इलाका अध्यक्ष तथा हाल एमाले नौमुले गाउंपालिका कमिटी अध्यक्ष तथा पार्टीको जिल्ला सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन ।


विभिन्न क्षेत्रको अनुभव संगालेका नेता बिश्वकर्माले बिभिन्न ७ वटा अन्तराष्ट्रिय खेल खेलेका छन भने उनी तेक्वान्डोको अन्तराष्ट्रिय गोल्ड मेडलिष्ट पनि हुन ।

त्यसैगरि एमाले जिल्ला कमिटी सदस्य गीता चन्दले जिल्ला समन्वय समिति सदस्यको अनुभव रहेको छ । युवामाझ लोकप्रिय नेताको छवि बनाएका विश्यकर्मा र गीता चन्दलाई उम्मेदवार बनाउनुले अन्य गठबन्दन दललाई चुनाव जित्न कठिन हुने आंकलन गरिएको छ ।

आफूसंग नौमुलेको विकास कसरी गर्ने भिजन रहेको वताउने विश्वकर्मा उच्च माबिको अध्यक्ष हुदा विद्यालयको शैक्षिक सुधार एवं भौतिक संरचना सुधारमा गरेको योगदान नौमुलेबासीले सम्झेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर एक लाख ३६ हजार २६९ को उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

१३ बैशाख २०७९, मंगलवार १०:१०
काठमाडौं :  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा गरी १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको […]