२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

दैलेख काँग्रेसका बागी उम्मेदवार खड्काद्वारा राप्रपाका शाहीको समर्थनमा उम्मेदवारी फिर्ताको घोषणा



सदरलाइनडटकम    
२ कात्तिक, दैलेख : नेपाली काँग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व स्थानीय विकास राजयमन्त्री समेत रहेका गणेशबहादुर खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको विज्ञप्ती मार्फत घोषणा गरेका छन् । उनले राप्रपाका उम्मेदवारका पक्षमा आफ्नो उम्मेदवारी फिर्ता भएको जनाएका छन् ।
‘नेपाली काँग्रेस केन्द्रको गलत निर्णयको बिरुद्ध आफुले उम्मेदवारी दिएर चुनाव चिन्ह गुलाबको फूल लिएर प्रचार अभियानमा लागेको भएपनि विषम परिस्थितिको अवस्थामा लोकान्त्रिक गठबन्धनका पक्षमा सहयोग गर्ने निर्णका साथ आफ्नो उम्मेदवारी फिर्ता लिएको छु ’–विज्ञप्तीमा उल्लेख छ ।
नेपाली काँग्रेसले दैलेखमा निर्वाचन क्षेत्र नं. १ मा राप्रपालाई छाड्ने निर्णय गरेको थियो । सो को बिरोध जनाउदै खड्काले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
आफ्नो उम्मेदवारी फिर्ताको घोषणसंगै काँग्रेस नेता खड्का राप्रपाका तर्फबाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिपक शाहीको प्रचारमा समेत लाग्दै बाम गठबन्धनलाई परास्थ गर्न आव्हान समेत गरेका छन् ।

प्रकाशित मिति : २०७४ मंसिर २ गते शनिबार
ताजा समाचार