सदरलाइनडटकम 
१० मंसिर, नेपालगन्ज : नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार उपसमितिका उपसंयोजक एवम् नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले चुनावी अभियानको बारेमा पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भइरहेका चुनाव प्रचारको गतिविधिबारे जानकारी लिएका छन् ।
प्रदेश नंबर सातको कैलाली हुँदै पाँच नम्बर प्रदेशको बर्दिया पसेर बाँके निस्केका प्रेस युनियन अध्यक्ष सिग्देलले ती जिल्लाहरुमा कांग्रेसको पक्षमा भइरहेको प्रचार प्रसारबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन समेत दिएका छन् ।
‘हरेक ठाउँमा कांग्रेसको पक्षमा व्यापक जनलहर सिर्जना भएको छ, आक्रामक प्रचारप्रसारले प्रतिष्पर्धी दलहरु आत्तिएका मैले पाएँ, जनताको भरोसा पनि कांग्रेसप्रति नै छ,’ बाँके, बर्दिया, दाङ्ग र पूर्वी रुकुमको चुनावी गतिविधिबारे रिेपोर्टिङ्ग गर्न स्थापना भएको नेपालगन्जस्थित प्रदेश नम्बर ५ को नेपाली कांग्रेसको मिडिया सेन्टरको आइतबार निरिक्षणका क्रममा भने ।
सिग्देलले भने,‘अझ सशक्त ढंगले प्रचारप्रसारमा जुट्न र कांग्रेस उम्मेदवारहरुमा पक्षमा माहोल बनाउन सबै प्रजातन्त्रबादी पत्रकारहरुलाई म आग्रह पनि गर्दछु ।’ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य समेत रहेका युनियन अध्यक्ष सिग्देलले सबैलाई एक जुट भएर चुनावमा होमिन आग्रह गर्दै भने ,‘सबैको काम र भूमिकाबारे पार्टी र संगठनले अवश्य मुल्यांकन गर्ने छ ।


