२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाढी पीडितको हातबाट टिका थापेर दशैं मनाए कांग्रेस नेता सिग्देलले



सदरलाइनडटकम   
१७ असोज, नेपालगन्ज : नेपाली काँग्रेसका नेता नारायण सिग्देलले यसपालीको दशै राप्ती सोनारी–२ का बाढीपीडित शिविरमा पुगेर बाढीपीडितको हातबाट टिका लगाई मनाएका छन् । घरमा आफुले टिका लगाई दिनु पर्नेलाई टिका लगाई दिएर उनी आफु टिका लगाउन बाढीपीडित शिविर पुगेका हुन ।
बाढि पीडितको घरमा जमराको लागि अन्नको अभाव भएको समाचारबाट आफु प्रभावित भएर बाढी पीडित कै घर टहरोमा पुगेर दशैको टिका आदान प्रदान गरेको बताए । उनले भने–‘बाढी आएको दिन पनि आफ्नो गच्छे अनुसारको तत्काल राहतको सामान लिएर टिकुलीपुर क्षेत्रमा पुगेको थिए । मैले मान्नु पर्ने मान्यजन नभएकोले बाढी पीडित शिविरमा पुगेर जेष्ठ नागरिकबाट टिका लगाई मागे भने आफु भन्दा सानालाई टिका लगाई दिए ।’
संविधान सभा २०७० मा सो क्षेत्रबाट नेपाली काँग्रेसको प्रत्यासी समेत रहेका काँग्रेस नेता सिग्देलकोे साथमा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष घनिकुमारी खत्री, गोविन्द वाग्लेलगायतको समुह टिकाको दिन दिउसो करिव १ बजेतिर फलफुल, टिका, जमरा, मिठाईलगायतका सामाग्री बोकेर बाढीपीडित शिविरमा पुगेको थियो । सो टोलीले टिकुलीपुर क्षेत्रमा रहेको तीनवटै शिविरमा पुगेर दशैको टिका आदान प्रदान गरेको थियो ।
उनले भने–‘प्राकृतिक विपत्तिको कारण जंगलको किनारामा अस्थायी शिविर बनाई बसेका टिकुलीपुर क्षेत्रका बाढी पीडितको दुख सुखको समयमा हामी पनि साथ मै छौ भन्ने सन्देश दिनको लागि दशै मनाउन बाढीपीडित शिविरमा लगाउन आएका हौ ।’ उनले हरेक वर्ष निर्माणधिन सिक्टा नहर र राप्ती नदीको कारण डुवानको समस्याले ग्रसित हुदै आएका सो वडाका बासिन्दाको लागि सुरक्षित बासको व्यवस्था गर्न राज्यले समयमै ठोस कदम चाल्नु पर्ने माग समेत गरे ।

बाढीपीडितलाई उनीहरुको दुखमा मलमपट्टी लगाउन सभ्य राजनीतिज्ञको लागि यो भन्दा राम्रो समय अरु नभएकोले पनि दशैको बेलामा दुखसुख बाँड्न राजनीतिक पार्टीका नेता पीडितकोे घरदैलोमा पुगेर पर्वमा सामेल हुनु राम्रो राजनीतिक संस्कार भएको नेपाली काँग्रेस कोहलपुर नगर कोषाध्यक्ष गोविन्द पौडेलले बताए ।
दशैकोे टिकाको दिन आफ्नो अस्थाई टहरोमा टिका थाप्न पुगेका काँग्रेस नेता सिग्देलको समुह पुग्दा आफुहरुलाई पत्याउनै कठिन भएको बाढी पीडित शिविरका विभिन्न व्यक्तिहरुले प्रतिक्रिया दिएको नेता सिग्देलका सहयोगी गोविन्द वाग्लेले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७४ असोज १७ गते मंगलबार
ताजा समाचार