सदरलाइनडटकम
३ कात्तिक, नेपालगन्ज : विद्युतको सर्टसक्रिटका कारण नेपालगन्जको धम्बोझीमा रहेको एक फेन्सी पसलमा शुक्रबार बिहान सवा एक बजे आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, नेपालगन्ज उप– महानगरपालिका–२ धम्बोझीमा कमल विकले सञ्चालन गरेको कमल होलसेल तथा फेन्सी पसलमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
बाँके प्रहरीका सह प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर थापाले विद्युतको सर्टसर्किटबाट आगोलागि भएको प्रारम्भिक अनुसंधानले देखिएको बताए ।
स्थानीय प्रहरी, सर्वसाधारण र दमकलको सहायताले आगलागि भएको ४५ मिनेटमै नियन्त्रणमा लिन सकिएको थियो । सो घटनामा करिव करोड बढीको क्षति भएको पीडितले दावी गरेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।
