चाचाजी’को नागरिक अभिनन्दनको तयारी तिब्र

२१ बैशाख २०७५, शुक्रबार १८:०३
 

सदरलाइनडटकम
२१ बैशाख, बाँके :  प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’को नेपालगन्जमा गर्न लागिएको नागरिक अभिनन्दनलाई भव्य बनाउनुपर्ने पत्रकारका विभिन्न संघ,
संगठनले सुझाव दिएका छन् । आगामी जेठ १८ गते चाचाजीको नागरिक अभिनन्दन नेपालगन्जमा भब्य रुपले गरिदैछ । उक्त कार्यक्रमको संयोजन गरिरहेको नेपाल प्रेस युनियन बांकेले शुक्रबार नेपालगन्जमा गरेको छुट्टा–छुट्टै छलफलमा
नेपाल पत्रकार महासंघ बांके, प्रेस चौतारी र प्रेस सेन्टर बा“केका
अध्यक्ष तथा पदाधिकारीले कार्यक्रमलाई सफल पार्न सबै संगठन पुर्ण रुपले
परिचालित हुनुपर्ने बताए ।
पत्रकार महासंघ बा“केका अध्यक्ष ठाकुरसिंह थारुले ‘चाचाजी’ को नागरिक
अभिनन्दनका लागि महासंघले पुर्ण रुपले सहकार्य गर्ने प्रतिवद्धता जनाउँदै
पाएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताए । ‘चाचाजी जस्तो
ब्यक्तित्वको नागरिक अभिनन्दन गर्न पाएकोमा हामी भाग्यमानी छौं, म यो
कार्यक्रमप्रति एकदमै उत्साहित छु, अभिनन्दनलाई भब्यता दिन महासंघका
सम्पुर्ण सदस्यलाई हामी सहभागि गराउनेछौं,’ अध्यक्ष थारुले भने ।
नागरिक अभिनन्दनका लागि युनियनले संयोजन गरेकोमा आभार प्रकट गर्दै उनले
सबै आस्था र विचारका पत्रकारले यसलाई सफल बनाउनुपर्ने बताए । उक्त
कार्यक्रमका लागि सहकार्य स्वरुप महासंघले तत्कालका लागि १० हजार रूपैया
सहयोग गर्ने घोषणा गरे । सो क्रममा पत्रकार महासंघका सचिव तिलक
गाउ“ले र सहसचिव सकिल अहमद कादरीले पनि आवश्यक सल्लाह, सुझाव दिएका थिए ।
यस्तै प्रेस चौतारीका केन्द्रिय सदस्य भेषराज बस्नेतले पन्नालाल चाचाजीले
नागरिकको स्वतन्त्रताको लागि पत्रकारिता गरेको उल्लेख गर्दै उनको
नागरिक अभिनन्दन गर्नु सम्पुर्ण नेपालगन्जबासीको दायित्व भएको बताए ।
। ‘नागरिक अभिनन्दनलाई पेशागत र नागरिक स्तरका संघ, संगठन,
नेपालगन्जसबासीले पनि अपनत्व लिनुपर्ने धारणा राखे ।
प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकले नागरिक अभिनन्दन सफल पार्न
जस्तो सुकै जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘कार्यक्रमको संयोजन प्रेस युनियनले गरेपनि प्रेस चौतारीले
पाएको जिम्मेवारी पुर्ण रुपले पुरा गर्न हामी तयार छौं, कहा जानुप¥यो र
के सहयोग गर्नु¥यो, हामीलाई भन्नु होला ।’ प्रेस चौतारी ब“ँकेका सचिव कमल
डाँगीले चाचाजीको नागरिक अभिनन्दनलाई भब्यता दिन चौतारीले कुनै कसर बाँकी
नराख्ने प्रतिवद्धता जनाए । ‘चाचाजीको नागरिक अभिनन्दनले पत्रकारका
संघ संगठनलाई एउटै शुत्रमा बाँध्ने काम गरेको छ, यो एकदमै खुसीको कुरा
हो,’ उनले भने ।
प्रेस सेन्टर बा“केका अध्यक्ष डक्टप्रसाद धितालले नागरिक अभिनन्दनलाई सफल
पार्न आफुहरुले जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
उक्त कार्यक्रमलाई सफल पार्न प्रेस सेन्टरले आफ्ना सदस्यहरुलाई परिचालन
गर्ने प्रतिवद्धता जनाए । ‘चाचाजीको नागरिक अभिनन्दनका लागि प्रेस
सेन्टरले भौतिक, आर्थिक र नैतिक रुपमा जस्तो सुकै सहयोग गर्न तयार छ,
हामी सबैले उहाको कार्यक्रमलाई साझा रुपले सफल पारौं,’ उनले भने ।
सो क्रममा प्रेस सेन्टर बा“केका उपाध्यक्षद्धय आलम खान र कृष्ण ओली तथा
सदस्य गजेन्द्र गुरुङले नागरिक अभिनन्दनलाई ऐतिहासिक बनाउनुपर्ने सुझाव
दिए । ‘नागरिक अभिनन्दन कार्यक्रममा सबै पक्षको बढीभन्दा बढी
सहभागिता गराउनुपर्छ, त्यसको लागि सबै पत्रकारले सक्रियता देखाउनुप¥यो ।’
प्रेस युनियन बा“केका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा सम्पन्न
छुट्टा–छुट्टै छलफलमा पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त
कर्माचार्यले नागरिक अभिनन्दनलाई सबैको साझा कार्यक्रमका रुपमा
लैजानुपर्ने बताए । । ‘चाचाजीलाई सबै क्षेत्रबाट अभिनन्दन गरिनुपर्छ,
यसका लागि सबै पेशागत तथा नागरिक संघ, संगठनलाई यो कार्यक्रममा
जोड्नुपर्छ, ताकी कार्यक्रमको गरिमा अझ बढोस,’ उनले भने ।
पत्रकार महासंघ बा“केका पुर्वअध्यक्ष निरज गौतमले चाचाजीको योगदान
पत्रकारितामा मात्र सिमित नभएर प्रजातन्त्र प्राप्ति र समाज सेवामा पनि
उत्तिकै योगदान रहेको बताए ।
‘कतिपयले चाचाजीलाई पत्रकारको रुपमा मात्रै चिनेका होलान, तर उहा“को
योगदान पञ्चायतविरुद्धको आन्दोलन र समाजसेवामा पनि उतिकै छ, यो कुरा
सबैलाई बुझाउन जरुरी छ,’ गौतमले भने । पत्रकार महासंघ बा“केका
पुर्वअध्यक्ष शुक्रऋषि चौलागाईले चाचाजी सबैको साझा ब्यक्तित्व भएकाले
सबै पक्षले अपनत्व लिनुपर्ने बताए । ‘बा“केमा सफल हुने चाचाजीको
नागरिक अभिनन्दनले बाहिरी जिल्लामा पनि त्यसको सकारात्मक सन्देश जानेछ,’
उनले भने ।
प्रेस युनियन बा“केका अध्यक्ष शाहले चाचाजी युनियनको संस्थापक अध्यक्ष
भएको नाताले युनियनले नागरिक अभिनन्दनको संयोजन गरेपनि पत्रकारको छाता
संगठन लगायत सबै पेशागत संगठनसँग सहकार्य गरिएको बताए । नागरिक
अभिनन्दनलाई भब्यता दिन नेपालगन्जका विभिन्न पेशागत र नागरिक संघ,
संगठनसंग पनि चरणवद्ध छलफल गरिने अध्यक्ष शाहले जानकारी दिए । नेपालगन्ज त्रिभुवन चोक पुर्वलाईन निवासी ८९ बर्षिय प्रेस स्वतन्त्रता
सेनानी गुप्त युनियन बा“केको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहा“ किरण
साप्ताहिक पत्रिकाको सम्पादक÷प्रकाशक रहदै आएका छन् । गुप्तले निरन्तर
रुपमा अखबार प्रकाशन मात्र होईन, रिर्पो्टिङमा समेत आफै खटिएर युवा
पुस्तालाई समेत उर्जा दिईरहनु भएको छ ।

Next Post

बहिरा स्रोत विद्यालयका शिक्षकलाई सांकेतिक भाषाको तालिम

२१ बैशाख २०७५, शुक्रबार १८:०३
सदरलाइनडटकम २१ बैशाख, नेपालगन्ज : बहिरा विद्यार्थीका लागि गुणस्तरिय शिक्षाको लागि स्रोत शिक्षकलाई लक्षित गरी आयोजना गरिएको १० दिने सांकेतिक भाषा सम्बन्धित तालिम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ । सेभ द चिल्ड्रनको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मध्यपश्चिम क्षेत्रीय समितिको संयोजनमा बाँके, बर्दिया, सिराह, सर्लाही लगायतका विभिन्न ९ जिल्लाका […]