बर्दियामा ३० वर्ष कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता २२ कार्तिक २०७९, मंगलवार १३:१२
 

बर्दिया : कर्तव्य ज्यान मुद्दामा तीस वर्ष कैद सजाय पाएका एक अभियुक्तलाई बर्दिया प्रहरीले करिब ६ वर्षपछि पक्राउ गरेको छ । ०७२ फागुन ५ गते राति ठाकुरबाबा नगरपालिका—८ का ६९ वर्षीयजोरे थापालाई घरमै सुतिरहेको अवस्थामा हत्या गरिएको थियो ।

घटनाको अर्कोदिन प्रहरीले हत्याका अभियोगमा सोही ठाउँका २४ वर्षीय टोपे भन्ने अजिब बुढा क्षेत्रीलाई पक्राउ गरेको थियो ।व्यक्तिगत रिसइबीले हत्या गरिएको बुढाक्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

अनुसन्धान प्रक्रिया सकिएपछि ०७२ साल फागुन ३० गते जिल्ला अदालतमा पुराएको थियो । शौच गर्ने बहानामा अदालतबाट हतकडीसहित फरार बुढाक्षेत्रीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।


अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैदको सजाय गरेको थियो । थुनुवा भागे भगाएकोमा थप साढे १० वर्ष कैदसहित ३० वर्ष कैद सजाय अदालतले गरेको डिएसपी बोहोराले जनाए ।

जिल्ला अदालतको आदेशले उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । हत्याका अभियुक्त लुकीछिपी भारतमा बस्दै आएकोमा घर आएको समय प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जोगागाउँ र गुरुवागाउँमा मंगलवारदेखि मेला शुरु

२२ कार्तिक २०७९, मंगलवार १३:१२
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकस्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला मंगलवारदेखि शुरु भएका छन् । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । मंगलवारदेखि शुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले […]