बाँकेमा गरीब घरपरिवार पहिचान कार्यक्रम शुरु

१२ श्रावण २०७६, आईतवार १८:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा गरीब घरपरिवार पहिचान तथा परिचयपत्र बितरणसम्बन्धि गणक र सुपरिवेक्षकका लागि आइतवारबाट नेपालगञ्जमा पाँच दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समन्वय र सहकार्यमा जिल्ला समन्वय समिति बाँकेको आयोजनामा तेस्रो लटको कार्यक्रम शुरु भएको हो ।
कार्यक्रमको उद्घाटनमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले यस कार्यक्रमले बाँकेका गरीब घरपरिवारको पहिचान गरिने भएको हुँदा सहि र वास्तविक तथ्याँक संकलन गर्न सबै गणक तथा सुपरिवेक्षकलाई आग्रह गरे । उलले अहिले परिचयपत्र बितरणका लागि गरिने यो सर्वेक्षणले सरकारलाई गरीब तथा बिपन्न परिवारको हितका लागि आगामी दिनमा कार्यक्रम तथा योजनाा तर्जुमा गर्न सहयोग पुर्याउने हुँदा इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
प्रशक्षिणमा डुडुवा गाउँपालिकाका १ जना सुपरभाईजर, ६ जना गणक र नरैनापुर गाउँपालिकाका १ जना सुपरभाईजर ५ जना गणकहरु गरी १३ जनाको सहभागिता रहेको छ । कार्यक्रममा सूर्यलाल यादव, सीताराम बर्मा, रेणुसिंह ठाकुर र रामसिंह सोनीले प्रशिक्षण दिइरहेका छन् ।

Next Post

डुडुवामा बृहद् रक्तदान, ९६ जनाले दिए रगत

१२ श्रावण २०७६, आईतवार १८:२४
सदरलाइनडटकम, डुडुवा (बाँके) : रक्तसञ्चार सेवा दिवसकाअ अवसरमा बाँकेको डुडुवा गाउँपालिकामा बृहद् रक्तदान कार्यक्रम गरिएको छ । ‘अरुको लागि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ बेतहनी स्वास्थ्य चौकीमा गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा वडा नंं. १ देखि ६ सम्मका ९६ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा […]