हुम्लामा ९ महिनामा १२ करोडको खाद्यान्न बिक्रीवितरण

सदरलाइन संवाददाता ३ चैत्र २०८०, शनिबार १७:४८
 

हुम्ला : खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले ९ महिनामा १२ करोड मुल्य बराबरको खाद्यान्न बिक्री गरेको छ ।

साउन महिनादेखि हालसम्म १२ करोड४८ लाख ६ हजार ८ सय ५ रुपैया ७१ पैसा बराबर मुल्यको खाद्यान्न बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ ।

हुम्लामा ९ हजार ५ सय १२ दशमलभ ७५ क्वीन्टल खाद्यान्न बिक्रीवितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका निमित्त कार्यालय प्रमुख नवीन आर्चायले जानकारी दिए । हवाई मार्गबाट ७ हजार ९ सय ८१ दशमलभ ७५ क्वीन्टल खाद्यान्न हुम्ला पुगेको हो ।


स्थलमार्गबाट नेपालगञ्ज १ हजार क्वीन्टल, सुर्खेतबाट ९ सय ७५ क्वीन्टल, राजापुरबाट १ हजार १ सय ८० क्वीन्टल, धनगढीबाट ५ सय ९० क्वीन्टल र थापाथलीबाट चीन हुदैँ ३ हजार क्वीन्टल खद्यान्न हुम्ला पुगेको निमित्त कार्यालय प्रमुख आर्चायले बताए ।

हाल सिमकोट शाखामा ५ हजार ८ सय ३.८ क्वीन्टल मौज्दात रहेको आर्चायको भनाई छ । जिल्लामा मोटो चामल बिक्री धेरै हु्न्थ्यो पछिल्लो समयमा मसिनो चामल बिक्री हुन छोडेको आर्चायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

३ चैत्र २०८०, शनिबार १७:४८
रुकुम पश्चिम : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राती गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन् । भूकम्प गएको पाँच महिनामा भूकम्प पीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरण पुगेको छ । योे अवधिमा जिल्लाभर २९ हजार सात सय ६४ अस्थायी आवास निर्माण […]