सदरलाइनडटकम
१५ भदौ, नेपालगन्ज : नबोदित गायिका रेश्मा केसीले आफ्ना श्रोता÷दर्शकमाझ नया“ गीत सार्वजनिक गरेकी छन् । नया“लाईलाई लोभ्याउन उनले ‘जवानी मेरो फुलसरी चुम्न आउ है भमरा…’ बोलको गीत युवट्युवमार्फत सार्वजनिक गरेकी हुन । उनको गीत युवट्युवमा चर्चित बनेको छ । दैनिक जसो हेर्नेको संख्या बढ्दैछ ।
युवट्युव सबैको पहु“चमा हुने भएकाले यसमा सार्वजनिक गरिएको उनको भनाई छ । ‘स्रोता र दर्शकहरुले असाध्यै राम्रो मान्नुभएको छ, केही नयाँ सुझाव पनि आएको’–गायिका केसीले भनिन ।
नेपालगन्जमा लामो समय स्थानीय एफएम रेडियोमा काम गरि सकेकी केसी छोटो समयमै गायन क्षेत्रमा फड्को
मार्दै छिन् । नया“ गीतबाट हौसिएकी केसीले भनिन,–‘श्रोता,दर्शकहरुको यही मायाले थप संगित साधाना गर्ने हौसला बढेको छ ।’
नया“ गीतमा रेश्मा केसीको स्वर, देब विरहीको शब्द, सनम पुरुषको संगित रहेको छ । आरुषी मगर र दिपक ढुङगानाको अभिनय रहेको छ । सो गीतमा मनिष कार्कीको सम्पादन, जनकराज अधिकारीको छाँयाकन र प्रियजन राईको निर्देशन रहेको छ ।

