भारतमा लडाकु विमान दुर्घटनामा ३ जनाको मृत्यु, ३ घाइते

सदरलाइन संवाददाता २५ बैशाख २०८०, सोमबार १४:०५
 

काठमाण्डौ : राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ ।

दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् ।


भारतीय वायुसेनाका अनुसार विमान चालक दुर्घटना हुनुभन्दा पहिला नै प्यारासुटमार्फत विमानबाट निस्किएका थिए । त्यसैले उनी सकुशल छन् ।

बहलोल नगर क्षेत्रको एउटा घरमा विमान खसेको थियो । वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा ब्राउन सुगरसहित २ जना पक्राउ

२५ बैशाख २०८०, सोमबार १४:०५
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका–३ बस्ने २३ वर्षीय खिम बहादुर विक र सोही ठाउँ बस्ने २० वर्षीय शिवा थारु रहेका छन् । उनीहरूलाई ३ सय ५० मिलीग्राम ब्राउनसुगरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो […]

सम्बन्धित