वडाध्यक्ष शेषले दिए कक्षा आठको परीक्षा

सदरलाइन संवाददाता १३ चैत्र २०७९, सोमबार १३:४३
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाका एक जना वडाध्यक्षले आठ कक्षाको परीक्षा दिएका छन् ।

वडा नं. ५ का वडाध्यक्ष गरिबे शेषले आठ कक्षाको परीक्षा दिएका हुन् । खुल्ला विद्यालयबाट आदर्श मावि केन्द्रबाट वडाध्यक्ष शेषले परीक्षा दिएका छन् ।

‘योग्यता’ नभएको भन्दै कुरा काट्ने गरिएपछि जसरी पनि पढ्छु भन्ने दृढ विश्वासले गर्दा आठ कक्षाको परीक्षा दिएको वडाध्यक्ष शेषको भनाइ छ । वडाध्यक्ष शेषले अगाडिको कक्षाको परीक्षा दिने बताएका छन् ।


शेषका छोरा कक्षा ९ मा पढ्छन् । भतिजो पनि पढेलेखेका छन् । छोरा र भतिजोसँग नियमित कक्षा लिएर शेषले परीक्षा दिएका हुन् । भानु माविका शिक्षक जिआउल हकले पनि घरमा आएर पढाइदिन्थे ।

सोमबार परीक्षा सिधिएपछि पालिकामा आइपुगेका शेषले राजनीतिमा योग्यता चाहिने भएकाले पढ्न शुरु गरेको बताए । त्यसो त शेष भानु माविको व्यवस्थापन समितिको अध्यक्ष हुन् । भारी मत अन्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै उनी अध्यक्ष भएका थिए ।

माविको व्यवस्थापन समितिको अध्यक्ष हुन भने एसएलसी पास भएको हुनुपर्छ । शेषसँग त्यो प्रमाणपत्र भने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको विकासका लागि ‘भिजन कम्पिटिशन’

१३ चैत्र २०७९, सोमबार १३:४३
नेपालगञ्ज : कोहलपुर नगरपालिकाले नगरको योजना निर्माण तथा कार्यक्रम चयनमा ‘भिजन कम्पिटिशन’ गराउने भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को कार्यक्रमअन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञ समूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन प्रस्ताव माग गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए । ‘कोहलपुरको दीर्घकालीन विकास, निर्माणका लागि जनप्रतिनिधिले […]